पोखरिया | राजन कुमार बानिया | पर्साको पहिलो गाउँपालिका हो आफ्नो गाउँपालिका को किसान हरु को मर्म बुझेर पचास प्रतिशत को छुट मा धान बीउ उपल्भद गराएको छ। योहो पर्साको पटेर्वासुगौली गाउँपालिका ले आफ्नो गाउँपालिका का किसान हरु पचास प्रतिशत छुट मा धान बीउ उपल्भद गराएको छ।बिश्वब्यापी महामारी को रुपमा फैलीरहेको कोरोना भईरस बाट बचाउन सरकार ले गरेको लकडाउनका कारण अहिले धान रोपाई गर्ने सिजन भएको ले धान बिउ पाउन समस्या देखिएकोले गर्दा पटेर्वासुगौली गाउँपालिका का अध्यक्ष हरिनारायण चौधरी ले किसान हरु को मर्म बुझेर धान को समय भएकोले सोको मध्यनजर गरि लकडाउन ले दोहोरो मारमा नपरोस भन्दै किसान हरु को सहुलिय दर पचास प्रतिशत मा धान को बीउ बितरण भईरहेको गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी ले जनाएका छन।
दुई महिना देखि पटेर्वासुगौली गाउँपालिका को पाचै वार्डका हजारौ किसान हरु ले पचास प्रतिशत को छुटमा चैते धान ,वर्षेधान, को बीउ बितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख गोबिन्द भैया थारु ले जनाएका छन।कृषि शाखा प्रमुख थारु ले भने अहिले सम्म चैतेधान हर्दिनाथ २८ मे,टन किसान हरु लाई प्रति केजी ३० रुपैयाँ को दर ले बिक्री बितरण भएको र बर्षेधान स्वार्णासब १२ मे,टन किसान हरु लाई प्रतिकेजी ३० रुपैया को दर ले बिक्री बितरण भएको छ र साथै बर्षेधान लोकनाथ ५०५। हाईब्रिड १८ क्विन्टल किसान हरु लाई बितरण भएको र हाईब्रिड को प्रतिकेजी ३सय को दर ले बितरण भएको कृषि शाखा प्रमुख गोबिन्दभैया थारु ले जनाए का छन ।
लकडाउन मा धान को बीउ समयमा किसान हरु लाई उपलभद हुन नसकेको ले गाउँपालिका ले गाउँपालिका मार्फत आफ्ना गाउँपालिका का किसान हरु लाई वाडा मार्फत र चौकिदार लगाई सहुलियत दरमा धान बीउ लिन अहवान गरेपछी किसान हरु ले पचास प्रतिशत सहुलियत दर को धान बीउ लिएको प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव ले जनाए का छन।लकडाउन को समयमा आफ्नै गाउँ ठाउँ मा सिजन सिजनमा धान बीउ पचास प्रतिशत को छुट मा उपलभद भएको मा हजारौ किसान हरु खुशी भएको अधिकृत यादव ले जनाए का छन। यो भन्दा अगाडि गाउँपालिका ले उन्त जातीको गहु को बिउ समयमा पचास प्रतिशत छुटमा उपलभद गराएको थियोे ।