• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मृत्युस्थल बन्दै क्‍वारेन्टिन, सुदूरपश्‍चिममा ७ दिनमा सातजनाको मृत्यु

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७७, आईतवार १३:१४
  • २९०१

    । सुदूरपश्चिम प्रदेशमा सरकारी क्‍वारेन्टिन मृत्युस्थल बन्न थालेका छन् । क्‍वारेन्टिनमा बसेकाहरूको लगातार मृत्यु हुन थालेपछि सरकारी क्‍वारेन्टिनको व्यवस्थापन र बिरामीको उपचारमा सरकार उदासीन पाइएको हो । कोरोना संक्रमणबाट मात्रै नभएर अन्य रोगको समेत परीक्षण र जाँच नहुँदा सरकारी क्‍वारेन्टिन नाम मात्रैको भएको र क्‍वारेन्टिनमा ज्यान जान थालेपछि स्थानीयमा आक्रोशसमेत बढ्दै जान थालेको छ ।

    पछिल्लो एक सातामा सुदूरपश्चिममा सरकारी क्‍वारेन्टिनमै रहेका सातजनाको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेठ १८ गते बाजुरामा क्‍वारेन्टिनमा बसेकी २ वर्षीयाको ज्यान गएको हो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पाइएको थियो । उनी भारतबाट फर्किएकी थिइन् ।

    बैतडीमा भारतबाट फर्किएकी २० वर्षीया युवतीको पुर्चौडी नगरपालिकामा रहेको सरकारी क्‍वारेन्टिनमा मृत्यु भयो । उनी कैलालीको त्रिनगर नाका हुँदै फर्र्किकी थिइन् । प्रहरीका अनुसार उनमा मुटु रोग भएको बताइएको छ । तर उनले क्‍वारेन्टिनमा औषधि पाउन नसकेको जनाइएको छ ।

    जेठ १८ गते नै डडेल्धुरामा भारतबाट फर्किएर क्‍वारेन्टिनमा बसेका ६ वर्षीय बालकको ज्यान गयो । उनी नवदुर्गा गाउँपालिकाको क्‍वारेन्टिनमा बसेका थिए । क्‍वारेन्टिनबाट अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

    डोटीमा क्वारेन्टिनमा एक युवकको मृत्यु

    जेठ २१ गते नै डडेल्धुरा गन्यापधुरा गाउँपालिकामा रहेको क्‍वारेन्टिनमा २० वर्षीयाको मृत्यु भयो । जेठ २४ गते बैतडीमा ३० वर्षीय पुरुषको पनि क्वारेनटाइमै ज्यान गयो । उनी पनि भारतबाट फर्किएका थिए ।

    २४ गते बाजुरामा भारतबाट फर्किएका ६५ वर्षीय पुरुषको क्‍वारेन्टिनमै ज्यान गयो । यस्तै आइतबार अर्थात् २५ गते आज डोटीमा क्‍वारेन्टिनमा रहेका १९ वर्षीय युवकको ज्यान गयो । केआईसिंह गाउँपालिका ३ स्थित क्‍वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणको प्रक्रिया सुरु गरिएको बताइएको छ ।

    कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुग्यो, १४ जना डिस्चार्ज

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार प्रदेशभर ६० हजार बढी क्‍वारेन्टिनमा छन् । सबै भारतबाटै आएका हुन् । क्‍वारेन्टिनमा समेत भारतबाटै आएकाको ज्यान गएकाले कोरोनाबाहेक अन्य जाँच र चाहेको बेला उपचार गर्न मिल्ने वातावरण मिलाउन सरोकारवालाले माग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑