• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी निर्णयबाटै संक्रमण फैलने जोखिम !

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७७, आईतवार १३:११
  • ३२०७

    पैसा जोगाउन क्वारेन्टिनमा बस्नेको समेत परीक्षण नगर्ने सरकारले उपचार गरिदेला भनेर कसरी विश्वास गर्ने ?

    सरकारका अस्थिर र उटपट्याङ देखिने रणनीति तथा अभ्यासले महामारीको त्रास झन् बढाएको छ । मूलतः नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने भए पनि नेपालमा सरकारले अरू नै पक्षलाई बढी महत्त्व दिने गरेको हुन्छ ।

    यसपटक कोभिड–१९ महाव्याधिको संकटमा त झन् सरकारको सामान्य जनताको जीवन जोखिममा पारेर पनि ठालुहरूको सुविधा र सुरक्षा बढाउने चरित्रमा भने राणाकालकै झल्को देखिन थालेको छ ।

    एकातिर खर्च जोगाउने नाममा क्वारेन्टिनमा राखिएका जनसाधारणमा कोभिड–१९को लक्षण नदेखिएसम्म कुनै पनि परीक्षण नगर्ने निर्णय गरिएको छ भने अर्कातिर कथित विशिष्ट व्यक्तिहरूको भने धमाधम पीसीआर परीक्षण गरिएको छ ।

    यो जनसाधारणको जिन्दगी मामुली र ठालुहरूको जीवन महत्त्वपूर्ण ठान्ने सामन्ती अधिनायकवादी मानसिकताबाट प्रेरित निर्णय हो ।

    कोभिड–१९ को संक्रमण फैलन थाल्नेबित्तिकै फर्कन चाहने विदेशमा बसेका नेपालीलाई स्वदेश फर्काउने योजना बनाउन देशभित्रबाट सरकारलाई विज्ञहरू, सामाजिक अगुवा र सञ्चार माध्यमबाट सल्लाह दिइयो ।

    प्रधानमन्त्री केपी ओलीलगायतले फर्काउने आश्वासन दिनुको साटो सार्वजनिकरूपमै कटुवचन सुनाए । अहिले सरकार केही नेपालीलाई खाडी र मलेसियाबाट फर्काउने तयारीमा लागेको बताइएको छ ।

    तर, यसरी फर्काउँदा सरकारले महँगो चार्टर्ड उडान गर्न लागेपछि मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत नेपाली राजदूतहरूले नै त्यसको औचित्यमा प्रश्न उठाएका छन् ।

    उनीहरूले सरकारलाई महँगो चार्टर्ड उडानको साटो नियमित उडान सञ्चालन गर्ने अनुमति दिन र श्रम सम्झौताअनुसार श्रमिकले रोजगारदाताबाट पाउने फिर्ती हवाई टिकटको सुविधा उपयोग गर्न पनि सल्लाह दिएका छन् । उनीहरूको परामर्श मानियो भने सम्भवतः करोडौँ रुपियाँ जोगिने थियो ।

    क्वारेन्टिनमा राखिएका जनसाधारणको कोभिड –१९ को परीक्षणमा खर्च जोगाउने नाममा कन्जुसी गर्ने तर नियमित उडानबाट आउनसक्ने र पहिले नै हवाई टिकट भएकाहरूलाई फर्काउन हवाई जहाज चार्टर गर्ने सरकारी निर्णय मूर्खतामात्र हो कि ‘ओम्नी’सँगको चिकित्सा सामग्री खरिदजस्तै कुनै बदनियत प्रेरित हो अहिल्यै किटेर भन्न सकिँदैन ।

    तर, दुवै निर्णय गलत भएकाले तत्काल सच्याउनुपर्छ भन्न भने हिचकिचाउन पर्दैन । व्यवस्थापनको कमजोरी र हेलचेक्य्राइँका कारण क्वारेन्टिनहरू सुरक्षित आश्रयको सट्टा भाइरस सल्काउने ठाउँ बनेका छन् । कतिपयलाई अहिले क्वारेन्टिनमै कोभिड–१९ संक्रमण भएको छ ।

    लक्षण नदेखिएका संक्रमितको सम्पर्कमा पुग्नेहरूलाई पनि भाइरस सर्ने जोखिम हुन्छ ।

    अव्यवस्थित क्वारेन्टिनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी पठाउँदा सिंगै समुदाय जोखिममा पर्छ । पैसा जोगाउनज परीक्षणै नगर्ने निर्णय  गर्ने सरकारले उपचार गरिदेला भनेर कसरी विश्वास गर्ने ? विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको यापिड डायग्नोस्टिक टेस्टमा जोड दिने तर पैसा जोगाउने भन्दै समुदाय नै संक्रमित बनाउने मूर्खतापूर्ण निर्णय सरकारले तत्काल सच्याओस् ।

    आफ्ना राजदूतहरूसँग परामर्श गरेर नागरिकको जीवन जोखिममा नपर्ने भए हवाई उडानको खर्च घटाउने उपाय खोज्नु बुद्धिमानी हुनेछ । यस्तो कुव्यवस्थाका लागि इतिहासले प्रधानमन्त्री ओलीलाई दोषी ठहर गर्नेछ भने सरकारले अहिले गर्ने मूर्खता, भ्रष्टाचार र हेलचेक्य्राइँको दुष्परिणाम सामान्य जनताले भोग्नुपर्छ ।

    प्रधानमन्त्री ओलीले बुद्धि र विवेक प्रयोग गरेर जनतालाई दुष्परिणाम भोग्नबाट र आफूलाई कलंकबाट जोगाऊन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑