• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मान्छेको ज्यानै लिने कोरोनाका ‘फेक न्युज’ बाट कसरी बच्ने ?

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७७, आईतवार ०९:०९
  • ३३१९

    बीबीसी । पछिल्लो समय जहाँकहीँ कोरोना सम्बन्धी समाचार मात्र देख्न पाइन्छ । विश्व महामारीको रुप लिएको कोभिड–१९ लाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो संकट मानिएको हुँदा पूरै विश्व अहिले यो रोगसँग लड्न संघर्ष गरिरहेको छ । 

    तर यही समयमा कोरोना सम्बन्धी गलत समाचार, अनुचित जानकारी, नानाथरीका बनावटी थ्योरी फैलाउने काम पनि उत्तिकै बढिरहेको छ जसले अप्रत्यक्ष रुपमा धेरै जीवनको क्षति गरिसकेको छ भने कतिको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बीबीसीको एक अनुसन्धानात्मक टोलीले पत्ता लगाएको छ । 

    फ्लोरिडामा अस्पतालको बेडबाट फोनमार्फत कुरा गर्दै ४६ वर्षीय ब्रिआन लि हिचेन्सले बीबीसीसँग भनेका हुन्, “हामीले सोच्यौँ कि सरकारले केबल हामीलाई अल्मल्याउन मात्र कोरोनाभाइरसको नाम लिइरहेको छ वा यो फाइभ–जी सम्बन्धी केही हो भन्ने हामीलाई लागेको थियो । त्यसैले हामीले कुनै नियमहरु मानेनौँ र मद्दतका लागि छिट्टै गएनौँ ।” 

    त्यस समयमा ब्रिआनकी पत्नी भेन्टिलेटरमा गम्भीर अवस्थामा थिइन् । उनले हडबडाउँदै थप भने, “अहिले उनको फोक्सोको समस्याले डाक्टरहरुलाई धेरै गाह्रो भइरहेको छ । फोक्सो सुन्निएकै कारण उनको शरीरले कुनै प्रतिक्रिया दिएको छैन ।” ब्रिआनका अनुसार इन्टरनेटमा कोरोना सम्बन्धी विभिन्न ‘कन्सपिरेसी थ्योरी’ अर्थात् अपुष्ट भनाइहरु पढेपछि उनले यो रोग वास्तविक होइन र बनावटी हो या रुघाखोकी जस्तो सामान्य मात्र हो भन्ने सोचेका थिए । 

    तर मे महिनाको सुरुवातमा उनी र उनकी पत्नी दुवैलाई कोभिड–१९ ले समात्यो । उनले सास फेर्न कठिन मान्दै भनेका हुन्, “कोरोनाभाइरस फेक होइन भन्ने अहिले मात्र हामीलाई आभास भयो । र यो तीव्र रुपमा सबैतिर फैलिरहेको छ ।” यसरी बीबीसीले यस किसिमका गलत जानकारी फैलाउने दर्जनौँ घटनाहरुको अध्ययन गरेको हो र यसबाट प्रभावित व्यक्तिहरुसँग पनि प्रत्यक्ष कुरा गरेको छ । 

    विश्वव्यापी रुपमा कोरोनाको त्रास फैलँदै गर्दा धेरै ठाउँमा यसको औषधिका नाममा विषाक्त पदार्थ सेवन गरेका घटना पनि लगातार घटिरहेका छन् । 

    जबकी कोरोनाविरुद्धको खोप अझै पत्ता लागेको छैन । जस्तै भारतमा अनलाइन गलत अफवाहकै कारण निर्दोषमाथि हमला भएको र इरानमा चाहिँ ठूलो समूहमा मान्छेहरु विषालु पदार्थ सेवन गरि मृत्यु भएको खबरले सबैलाई आश्चर्यमा पारेको थियो । 

    त्यस्तै विभिन्न ठाउँमा टेलिकम्युनिकेसन इन्जिनियरहरुलाई पनि धम्की आइरहेको छ भने बेलायत लगायत थुप्रै मुलुकहरुमा फोनका टावर भत्काइने जस्ता घटनाहरु पनि भएका हुन् । यता अमेरिकाको एरिजोनामा भने माछाको ट्याङ्क सफा गर्ने केमिकलमा कोरोनाबाट बचाउने औषधि छ भनेर व्यापक चर्चा भएको थियो जुन गलत कुरा हो । यसरी यी सबका लागि ‘फेक न्युज’ र बनावटी थेउरीहरु जिम्मेवार छन् । 

    सरसफाइका केमिकलबाट ‘पोइजनिङ’

    त्यस्तै अनलाइन कन्सपिरेन्सीको शिकार हुनेमा वान्डा र ग्यारी पनि पर्छन् जसले मार्चको अन्त्यतिर ‘हाइड्रोक्लोरोकिन’ का बारेमा सुने । यसपछि फिनिक्समा बस्ने यो जोडीले आफ्नो घरमा रहेको एउटा पुरानो बोतलमा त्यही नाम लेखिएको देखे र पूरै बोतल पिएर सिध्याउने निर्णय गरे ।

    यसअघि ‘हाइड्रोक्लोरोकिन’ सँग भाइरस विरुद्ध लड्ने सम्भावना रहेकाबारे चर्चा भएको थियो तर यसको कुनै वैज्ञानिक प्रमाण छैन । यस्तोमा हालैको एक परीक्षणपछि यसले वास्तवमा कोभिड–१९ का बिरामीलाई थप जोखिम बढाउने पाइएपछि विश्व स्वास्थ्य संगठनले यसको प्रयोग सम्बन्धी ट्रायल रद्द गराएको हो । 

    यो औषधिको प्रभावकारीता सम्बन्धी गत जनवरीमा चीनमा पनि अधिक चर्चा भएको थियो । 

    चिनियाँ मिडियाहरुले समेत विगतमा त्यसलाई एन्टिभाइरल औषधिका रुपमा प्रयोग गरिएको भनि लेखेका थिए । जसपछि नै अर्का एक फ्रेन्च डाक्टरले पनि उत्साहजनक नतिजा दाबी गरे ।

    यहाँसम्मकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटमा समेत यसको नाम बारम्बार आइरह्यो ।  उनले त मिडियाकै अगाडि सबैलाई सो औषधि सेवन गर्न सुझाव दिएका हुन् जसपछि हाइड्रोक्लोरिकिनबारे झन धेरै हल्ला सुरु भयो ।  बजारभरि यसको मागमा उच्च वृद्धि देखा पर्यो । यसरी नाइजेरियामा त उच्च डोजका कारण हाइड्रोक्लोरिकिन पोइजनिङका बिरामीको चाप बढ्न थाल्यो जसलाई अत्यन्तै दुर्लभ मानिन्थ्यो । 

    यही कारण लागोसका सार्वजानिक स्वास्थ्य अधिकारीहरुले जनतालाई यसविरुद्ध गम्भीर चेतावनी दिनु परेको थियो ।  यसैगरी मार्चको सुरुवातमा एक ४३ वर्षीय भियतनामी व्यक्ति पनि क्लोरोकिनको उच्च डोज सेवनका कारण अस्पताल भर्ना भएका थिए ।  यसले उनको शरीर रातो भइ उनी काम्दै आएका थिए भने सीधा देख्नै नसक्ने भएका हुन् । 

    उनको उपचार गरेका डाक्टर न्युयेनका अनुसार ती व्यक्ति भाग्यमानी थिए कि उनले छिटै उपचार गराउन पाए नत्र यसबाट उनको ज्यान पनि जान सक्थ्यो ।  तर ग्यारी र लेनिअस भने त्यति भाग्यशाली थिएनन् । जसले केमिकलयुक्त विषाक्त तरल सीधै निलेपछि केही मिनेटमै उनीहरुलाई रिँगाटा लाग्ने र गर्मी हुन थाल्यो । 
    यसरी उनीहरु दुवैले बान्ता गरे र सास फेर्नमा कठिनाइ भएपछि वान्डा अस्पताल भर्ना भइन् तर ग्यारीको मृत्यु भयो । 

    पछि होसमा आइसकेपछि मात्र वान्डाले आफूहरुले के र किन सेवन गरेको भनेर विस्तृतमा बताइन् ।  उनले भनेकी हुन्, “ट्रम्पले भाइरस विरुद्ध यही नै औषधि हो भनिरहेका थिए । त्यसैले हामीले यसो गर्यौँ । ”

    ‘अल्कोहल पोइजनिङ’ 

    यता इरानमा पनि इन्टरनेटमा भाइरल भएको फेक औषधिबारे फैलिएको समाचारका कारण सयौँको मृत्यु भएको बताइएको छ । सामाजिक संजालमार्फत चर्चामा आएको फेक न्युजकै कारण अप्रिलको अन्त्यसम्ममा ७९६ जनाको मृत्यु भइसकेको इरानको आधिकारिक स्वास्थ्य संगठनले जनाएको हो । 
    यसमा धेरैको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको थियो । बीबीसीका संचारकर्मीहरुले गरेको रिसर्चमा पनि मेसेजिङ एप टेलिग्राम मार्फत भाइरसको उपचार सम्बन्धी विधिन्न गलत जानकारी फैलिरहेको पत्ता लागेको हो । 

    यस्तोमा मृतकको सङ्ख्या आधिकारिक रुपमा सार्वजानिक गरिएको भन्दा बढी हुन सक्ने शंका गरिएको छ ।  एउटा घटनामा त अभिभावकले आफ्नो ५ वर्षको छोरालाई रोगसँग लड्नका लागि भन्दै अवैध मदिरा सेवन गर्न लगाउँदा सो बालक अन्धो भएको खबर गरिएको थियो ।  यसरी गलत जानकारीले मान्छेको जीवन बर्बाद गर्न सक्ने स्पष्ट भएको बेलायतको तथ्य निरीक्षण संस्था ‘फुल फ्याक्ट’ की प्रमुख क्लेर म्लाइन बताउँछिन् । 

    “मेरो साथीले साबुन खायो”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्लोरिकिनका साथै अन्य सम्भावित उपचार विधिका बारेमा पनि धेरैपटक कुरा उठाएका छन् । जस्तै अप्रिलको अन्त्यतिर एकचोटी उनले अल्ट्राभोइलेट रे अर्थात युभी विकिरणले भाइरसलाई नष्ट गर्न सक्ने बताएका हुन् ।  साथै उनले यसो पनि भनेका थिए, “मैले त्यस्तो किटनाषक देखेँ जसले एक मिनेटमै भाइरसलाई सखाप पार्न सक्छ । केबल एक मिनेटमै ।” 

    यसरी ट्रम्पले पछि मात्र आफ्नो सो भनाइ व्यङ्ग्य भएको बताएका हुन् ।  तर केही नागरिकहरुले यसलाई ख्याल ठट्टाका रुपमा लिएनन् ।  जसपछि विषाक्त नियन्त्रणका हटलाइनमा एकाएक यस सम्बन्धी प्रश्न गर्नेहरुको भीड लाग्न थाल्यो ।  कनससका अधिकारीहरुले त एक व्यक्तिबाट उनका साथीले ट्रम्पको वक्तव्यपछि साबुन नै निलेको खबर समेत सुन्नुपरेको बताए । 

    न्युयोर्कस्थित एल्म्रस्ट अस्पतालका डाक्टर डनकन मारुका अनुसार उनका सहकर्मीहरुले त्यस्तै सरसफाइका सामग्री निलेका धेरै बिरामीको उपचार गर्नु परिरहेको छ ।  उनी भन्छन्, “त्यसरी केमिकलजन्य पदार्थ निल्नुले दिर्गकालीन असर पार्न सक्छ जस्तै यसमा क्यान्सर वा ग्यास्टेइन्टेस्टाइनबाट रगत बग्ने हुन सक्छ ।” 
    त्यसैगरी फाइभ–जी प्रविधिले भाइरस ल्याएको भन्ने फेक न्युजले बेलायत सहित केही देशमा ठूलो क्षति गराएको छ । 

    यता कोरोनाकै कारण चीन र एसियाली नागरिकहरु विरुद्ध कतिपय देशमा जातीय भेदभाव पनि सुरु भएको थियो जसले हिंसाको पनि रुप पनि लिएको खबर गरिएको थियो ।  यता भारतको दिल्लीमा भने मुसल्मानहरुले संक्रमण फैलाएको भन्ने हल्ला चल्न थालेपछि तीनजना मानिसमाथि कुटपिट भएको थियो । 
    विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी यस किसिमका गलत सूचना फैलाउनुलाई ‘इन्फोडेमिक’ को नाम नै दिएको छ । 

    यसरी फेक औषधिले धेरै अवस्थामा मान्छे नमार्ने भए पनि संक्रमित भएको खण्डमा उनीहरुको बाँच्ने सम्भावना कम गराइदिन्छ किनकि ती मान्छेहरु यो भाइरसलाई गम्भीर रुपमा लिइरहेका छैनन् । अझै पनि कतिपय मान्छेले यसलाई ख्याल ख्याल मानिरहेका छन् भने यो वास्तविक रोग होइन भन्ने तिनको मान्यता छ । 
    जस्तै कि न्यूयोर्ककै अस्पतालमा ४० को उमेरका दुई मानिस गत शुक्रबार इमर्जेन्सीमा भर्ना हुन आए । 

    उनीहरु एउटै कोठामा बस्ने साथी थिए र दुवै सिकिस्त बिरामी परेका हुन् ।  यसरी अस्पताल आएको केही घण्टामै एउटा साथीको निधन भएको डाक्टर राजिभ फर्नेन्डो बताउँछन् ।  अर्का व्यक्तिलाई भने भेन्टिलेटरमा राख्नु परेको हो । डाक्टर फर्नेन्डोका अनुसार उनीहरुले भाइरसलाई साधारण ‘फ्लु’ ठानेकाले उपचारका लागि ढिलो आएको बताएका हुन् । 

    उनीहरुले कोरोना गम्भीर रोग होइन भनेर अनलाइनमा कतै पढेकाले त्यस्तो भएको अर्का साथीले बताएका हुन् । यसरी युरोपमा मात्र धेरै मानिसहरु भाइरसलाई गम्भीरतापूर्वक नलिँदा र उपचारका लागि नजाँदा घरमै मृत्यु हुने गरेको छ ।  ‘रोयल कलेज अफ जेनेरल प्राक्टिसनर्स’ का प्रोफेसर मार्टिन मार्सलका अनुसार उनी र उनका सहकर्मीहरुले धेरै त्यस्ता बिरामी देखेका छन् जो संक्रमित भइ गम्भीर हुँदा समेत आफैँ ठीक हुने प्रयासमा सास रोक्ने, तातोपानी पिएर बस्ने गरेका छन् । न्युयोर्कमा मात्र त्यसरी उपचारमा ढिला गर्नेको सङ्ख्या अधिक रहेको न्युयोर्क एल्म्रस्ट अस्पतालका डाक्टर मारु बताउँछन् । कोरोना भाइरस छैन  र सामाजिक दुरीकरणले काम गर्दैन भन्ने विश्वासमा आफ्नै छिमेकका धेरैको मृत्यु भइसकेको डाक्टर मारु बताउँछन् ।  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑