• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुपचाप रोग सार्नेहरुको रहस्य : थाहै नपाइ सर्छ कोरोना

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७७, आईतवार ०९:०५
  • ३१७३

    बीबीसी । विश्व महामारीको रुप लिएको कोभिड–१९ को अध्ययन अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले यो रोग सम्बन्धी एक चिन्ताजनक तथ्यबारे धेरै भन्दा धेरै प्रमाण फेला पारिरहेका छन् । यसमा अधिकांश संक्रमित व्यक्तिमा खोकी लाग्ने, ज्वरो आउने, स्वाद र सुँघ्ने शक्ति हराउने जस्तो समस्या देखिन्छ भन्ने सबैलाई थाहा छ तर कतिपय बिरामी यस्ता पनि हुन्छन् जो रोग बोकेर बस्दा र अरुलाई संक्रमण फैलाइरहँदा समेत कुनै लक्षण देखाउँदैनन् । 

    यिनै चुपचाप रोग सार्नेहरुका बारेमा थप जानकारी हासिल गर्न र यसको किसिमबारे बुझ्न अधिक महत्वपूर्ण भएको विज्ञहरु बताइरहेका छन् ।  किनकि त्यसरी लक्षण नदेखाउने बिरामीहरुले नै कोरोनालाई विश्व महामारीको रुपमा फैलाएको हुन सक्ने उनीहरुको अनुमान छ ।  जस्तै कि १९ जनवरीमा सिंगापूरको चर्चमा भेला भएका मानिसहरु कसैले पनि उक्त समारोह कोरोना भाइरसको केन्द्रमा बदलिनेछ भन्ने सोचेका थिएनन् । 

    अरु बेलाको साधारण आइतबार जसरी नै सबै प्राथनाका लागि चर्च पुगेका थिए तर त्यही भवनको सबैभन्दा मुनिको तलाको कार्यालयमा ५६ वर्षका एक जोडी भर्खरै चीनबाट आएका थिए ।  उनीहरु बाहिरबाट पूर्णरुपमा स्वस्थ देखिन्थे र यसमा उनीहरुले भाइरस बोकेर आएका छन् भनेर सोच्नुपर्ने कसैसँग कुनै कारण थिएन ।
    किनकि त्यो समयमा खोकी लाग्नु नै कोरोनाको मुख्य लक्षण मानिएको थियो भने त्यसमार्फत नै रोग सर्ने भनिएको थियो ।

    यस्तोमा लक्षण देखा नपर्नुको अर्थ सो व्यक्तिमा भाइरस छैन र कसैलाई संक्रमण फैलाउन सक्दैन भन्ने सबैको बुझाइ थियो ।  तर आश्चर्यजनक रुपमा त्यस दिनको प्रार्थना सकिएलगत्तै त्यहाँ कोरोनाले नयाँ रुपमा त्रास फैलाउन सुरु गर्यो ।  त्यस जोडीमध्येकी पत्नी जनवरी २२ देखि बिरामी पर्न थालिन् भने पति पनि दुईदिन पछाडि संक्रमित भएको थाहा भयो । 

    उनीहरु वुहानबाट आएको हुँदा पहिले त कसैले यसमा अनौठो मानेका थिएनन् तर आगामी हप्ता सोही स्थानका तीन अन्य स्थानीयमा पनि कोरोना भेटियो जुन नै सिंगापूरको पहिलो संक्रमण साबित भयो ।  यसरी तिनीहरु भाइरसको सम्पर्कमा कसरी आए र अरु नयाँ संक्रमित कसरी र किन थपिरहेका छन् भन्ने थाहा पाउँदा अनुसन्धानकर्ताहरुलाई ठूलो झट्का लाग्यो । 

    यसबारे सिंगापूरको स्वास्थ्य मन्त्रालयमा सरुवा रोग प्रमुख डाक्टर भेर्नोन लि भन्छन्, “हामी अत्यन्तै ठूलो द्विविधामा पर्यौँ । किनकि कहिल्यै नदेखेका र नचिनेका मान्छेहरुले एकअर्कालाई भाइरस सारिरहेका थिए । यति मात्र नभएर उनीहरुमा रोगको लक्षण पनि देखा परेको थिएन । यसकारण हामीले यो के हो भन्ने बुझ्नै सकेनौँ ।”
    त्यसपछि डाक्टर लिसहित अन्य वैज्ञानिक र पुलिसहरु मिलेर कुन बिरामी कहिले कहाँ थिए भन्ने सम्पूर्ण डाटा निकालियो र सबै अध्ययन गर्नमा लागि परे । 

    यसरी केही दिनपछि मात्र संक्रमित १४२ जना बिरामी, एउटै चर्चमा प्रार्थना गर्न गएको खुलासा भयो । डाक्टर लिका अनुसार यसमा वुहानबाट आएका ती जोडी संक्रमितहरुले अन्य भक्तजनहरुसँग बोलेको वा हात मिलाएको हुन सक्छ ।  यसरी सिंगापूरका लागि यो घटना उपयोगी सुरुवात बन्न पुग्यो जसले कोभिड–१९ सम्बन्धी नयाँ अनौठो थ्योरी सिर्जना गर्यो । 

    तर अझै पनि यो स्पष्ट हुन सकेन कि लक्ष्ण नदेखाएका, बिरामी नपरेका मानिसले कसरी अरुमा संक्रमण फैलाउन सके ? यति मात्र नभएर तेस्रो संक्रमित महिला उक्त समारोहमा त्यतिबेला उपस्थित नभएको र त्यसैदिन सबै गइसकेपछि मात्र आएको पत्ता लाग्यो जसपछि उनमा कसरी भाइरस भेटियो भन्ने अर्को जटिल प्रश्न उत्पन्न भएको हो । 

    यसपछि अनुसन्धानकर्ताहरुले फेरि सीसीटीभी फुटेजमार्फत यस सम्बन्धी थप प्रमाण खोज्ने प्रयास गरे ।  जसबीच पछि चर्च गएकी महिला ती संक्रमित जोडी घण्टौँ अगाडि बसेको कुर्सीमा बसेको थाहा भयो ।  यसरी बिरामी नभए पनि ती संक्रमित जोडीले सास फेरेको ठाउँ र छोएको कुर्सीबाट भाइरस फैलिएको स्पष्ट भयो । 
    यस्तोमा डाक्टर लिले निकालेको सम्भावित निष्कर्ष त्यो बेला बाँकी दुनियाँका लागि भने कथाजत्तिकै भयो । 

    किनकि विश्वभरका सबै स्वास्थ्य संस्थाहरुले बिरामीमा वा आफूमै पनि विभिन्न लक्षण पहिचान गरि संक्रमित भए नभएको निश्चिन गर्न निर्देशन दिँदै आएको थिए ।  तर त्यसको विपरीत कोरोनाभाइरस त अदृश्य रुपमा बिनालक्षण चुपचाप मान्छेमा फैलिरहेको रहेछ भन्ने थाहा भयो । अब यस्तो रोगलाई कसरी नियन्त्रण गर्ने भनेर सबै चिन्तामा पर्न थाले ।

    आफूलाई त्यसबेलाको अझै सम्झना रहेको डाक्टर लि बताउँछन् । 

    यसरी मान्छेहरुले थाहा नपाइकन अर्को व्यक्तिलाई रोग सारिरहेको हुन सक्ने पक्का भयो जसमा उनीहरुमा लक्षण देखा नपरिसकेको भएपनि उच्च संक्रमकको काम गर्न सक्ने पत्ता लागेको हो । यसको अर्थ बिरामी नपरेपनि ती व्यक्तिहरुसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा राख्नैपर्ने भयो । यसमा भाइरस खोक्दा र हाँक्ष्यु गर्दा निस्कने थुकका छिटा र बन्द कोठाभित्र त सासबाट पनि अर्को व्यक्तिमा सर्न सक्ने पाइएको हो । यति मात्र नभएर संक्रमित व्यक्तिलाई थाहा नभएपनि ढोकाको ह्यान्डल मार्फत वा अर्को मानिसको हात समात्दा पनि भाइरस फैलन सक्ने जोखिम हुने भयो । 

    केही मानिसले कहिल्यै लक्षण नदेखाउन पनि सक्छन् 

    यसरी कतिपय व्यक्तिले किन कुनै लक्षण देखाउँदैनन् भन्ने कुरा वैज्ञानिकहरुका लागि समेत रहस्य बनेको छ । यसलाई एक शताब्दी अगाडिको एउटा घटनासँग पनि जोडेर हेरिएको छ जसमा न्युयोर्कस्थित खाना पकाउने कुकको काम गर्दै आएकी, मेरी मेलोन नामक एक आइरिश महिला, जुनजुन घरमा काम गर्न जान्थिन् त्यहाँका मानिस टाइफोइडले बिरामी पर्थे जबकी मेरीको स्वास्थ्य भने एकदम ठीक थियो । उनलाई कतै केही हानि पुगेको थिएन । यसमा तीनजनाको मृत्यु भएको बताइन्छ भने अरु पनि धेरै मृतक हुन सक्ने अनुमान छ । यसकारण त्यतिबेलाका संचारकर्मीहरुले उनको नाम ‘टाइफोइड म्यारी’ समेत राखिदिएका थिए । त्यसपछि उनलाई २३ वर्षसम्म, १९३८ मा मृत्यु नहुन्जेल बन्द गरि राखिएको हो । 

    यसरी नै स्टाफ नर्स एमेलिया पवेल पनि लक्षण नदेखाइ संक्रमित भएको थाहा पाउँदा अचम्ममा परेकी हुन् । अस्पतालमा काम गरिरहेकै अवस्थामा अर्का डाक्टरले उनको स्वाब परीक्षणको नतिजा सुनाएका थिए । सधैँ पीपीइ लगाएर काम गर्ने हुँदा उनले आफूलाई सुरक्षित ठानेकी थिइन् तर अचानको पोजेटिभ टेस्ट भएपछि उनको सबै भरोसा उठ्यो । त्यसपछि २३ वर्षीया नर्स पवेलले आफ्नो पद छाडेर तुरुन्तै आइसोलेसनमा जानुपरेको हो । यसबीच उनी आफूले हेरविचार गरेका बिरामी जसरी नै खराब अवस्थामा पुग्ने हो कि भनेर डराइरहेकी थिइन् तर उनले आफू सामान्य रुपमा भित्रै एक्सरसाइज गर्ने , खाने , सुत्ने गरेको बताउँछिन् ।

    यसरी उनी जस्ता बिरामी, संक्रमित भए नभएको पत्ता लगाउनै कठिन हुने गर्दछ । अस्पतालका सम्पूर्ण स्टाफको परीक्षण गराउँदा उनको पनि सँगसँगै टेस्ट गराएकाले मात्र उनी संक्रमित भएको पत्ता लागेको हो । सो परीक्षणको समयमा १ हजार मध्ये ३ प्रतिशत बिना लक्षण संक्रमित भएको पाइएको थियो । त्यस्तै समुद्र जहाजको सन्दर्भमा पनि यो अझ बढी लागू हुने गरेको पत्ता लागेको छ । जस्तै कि ‘डाइमन्ड प्रिन्सेस क्रुज’ पानी जहाजमा ७०० जना संक्रमित थिए जसमध्ये तीन चौथाइ भन्दा धेरैमा कुनै लक्षण देखिएको थिएन । त्यस्तै वासिङटनको एउटा केयर होममा पनि आधा भन्दा बढी वासिन्दा संक्रमित हुँदा समेत कसैमा लक्षण देखा नपरेको पाइएको हो ।

    चुपचाप रोग सार्नेहरुको जोखिम 

    चीनको एक अध्ययनमा लक्षण भएका भन्दा लक्षण नदेखिने बिरामीको सङ्ख्या धेरै भएको पाइएको थियो जसपछि स्वस्थ्यकर्मीहरुलाई ती थाहा नपाइ रोग सार्नेहरुबारे चेतावनी दिइएको हो र सबै अवस्थामा सतर्क रहन भनिएको थियो । यसपछि नै लक्षण नदेखाउनेहरुले तुलनात्मक रुपमा झन छिटो संक्रमण फैलाउन सक्ने पनि पत्ता लाग्यो । जसकारण अहिलेको बढ्दो संक्रमण सङ्ख्याका लागि उनीहरु नै जिम्मेवार हुन सक्ने अनुमान गरिएको छ ।  

    यसरी क्यालिफोर्नियामा वैज्ञानिकहरुको एक टोलीले लक्षण बिना पनि संक्रमण फैलाउन सक्ने भाइरसको क्षमता, कोभिड–१९ विरुद्धको लडाईँ जित्नमा सबैभन्दा ठूलो बाधक हुन सक्ने बताइरहेको छ । त्यसैले नै संवेदनशील समुहमा पर्ने जस्तै स्वास्थ्यकर्मीहरुलाई नियमति परीक्षण गराइरहन सुझाव दिइएको छ । 

    यसबीच लकडाउन खुकुलो पारिरहेका देशहरु अझ बढी सतर्क रहनुपर्ने हुन्छ किनकी सार्वजानिक सवारी प्रयोग गर्ने वा भीडभाडमा रहँदा जोकोही पनि संक्रमित हुन सक्छ र लक्षण देखा नपर्दा सो व्यक्तिले थाहै नपाइ सबैलाई रोग फैलाइदिन सक्छ । यसैले पनि सामाजिक दुरी कायम गर्नु अधिक महत्वपूर्ण मानिएको छ । बिना लक्षण सर्ने भाइरसका बारेमा विज्ञहरुलाई अझै धेरै कुरा थाहा नभएको हुनाले पनि निश्चित समयका लागि सबैले उच्च सतर्कता अपनाउनैपर्ने देखिएको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑