• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३ हजार विद्यालयमा क्वारेन्टाइन

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७७, आईतवार ०६:५७
  • २६७३

    देशभरका १५ प्रतिशत विद्यालयमा क्वारेन्टाइन राखिएको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले तयार पारेको तथ्यांकअनुसार देशभरका करिब ३ हजार सामुदायिक विद्यालयमा सरकारले क्वारेन्टाइन निर्माण गरेको छ ।

    सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् भने कर्णाली प्रदेशका ९ सय ८१ विद्यालयमा क्वारेन्टाइन छन् । केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका विद्यालयमा क्वारेन्टाइन रहेको जानकारी दिनुभयो ।

    यसमध्ये कर्णाली प्रदेशमा ४ सय ६६, ५ मा ८ सय, गण्डकी प्रदेशमा २ सय, बाग्मतीमा १ सय ५०, १ मा २ सय र प्रदेश २ मा करिब ३ सय विद्यालयका क्वारेन्टाइन सञ्चालन गरिएको छ । केन्द्रले शुक्रबार सबै प्रदेशको कोभिड रेस्पोन्ट कार्यदलको बैठकले सो तथ्यांक निकालेको हो ।

    उपमहानिर्देशक श्रेष्ठले सामुदायिक विद्यालयमा क्वारेन्टाइन राख्ने क्रम बढेको जानकारी दिनुभयो । अनुमान गरेअनुसार अहिलेसम्म करिब ३ हजार विद्यालयमा क्यारेन्टाइन रहेको र यो क्रम बढ्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

    भक्तपुरमा प्रहरी कार्यालयसमेत विद्यालयमा राखिएको छ । सुरक्षित र सुविधा सम्पन्न हुने भएकाले अधिकांश स्थानीय तहले विद्यालयमा क्वारेन्टाइन राख्ने गरेका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक साताभित्र एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गरिरहँदा देशभर ३ हजार विद्यालयमा क्वारेन्टाइन रहेपछि कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषय अन्योल देखिएको छ । मन्त्री पोखरेलले हचुवाको भरमा अध्ययन नै नगरी एक साताभित्र तीनवटा तहको परीक्षा सञ्चालन गर्ने बताउँदै आउनुभएको छ ।

    दिनदिनै कोरोना संक्रमितको संख्या बढेसँगै विद्यालयलाई क्वारेन्टाइन बनाउने क्रम बढेको छ । यही अवस्था भएमा एक साताभित्र करिब २५ प्रतिशत विद्यालय क्वारेन्टाइनमा परिवर्तन हुन सक्ने आँकलन प्रदेशको कोभिड रेस्पोन्स टिमले लिएको छ ।

    हाल क्वारेन्टाइन रहेका विद्यालयमध्ये अधिकांशमा परीक्षा केन्द्र कायम गरिएको छ । दिनदिनै कोरोना संक्रमित बढी रहेको अवस्थामा तत्काल कसरी परीक्षा सञ्चालन गर्ने भन्ने विषय अन्योल देखिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले समेत अहिलेको अवस्थामा परीक्षा गर्न सम्भव नरहेको बताउँदै आएको छ । तर, मन्त्री पोखरेलले भौतिक दूरी कायम गरी विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर परीक्षा सञ्चालन गर्ने बताउँदै आउनुभएको छ ।

    मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रायः सबै प्रदेश सरकारले विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्दैै आएको जानकारी गराउँदै अझै बढ्ने क्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दैनिक २ हजारभन्दा बढी नेपाली भारतको सीमाबाट नेपाल भित्रिएका छन् उनीहरू सबैलाई स्थानीय तहले विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरिएको छ ।’ मन्त्रालयले दैनिकजसो प्रदेश सरकारले नयाँ विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑