वीरगञ्ज | प्रदेश २ मा शनिबार ८३ जना कोरोना संक्रमित थपिएका छन् ।शनिबार एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार शनिबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३२ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्।
शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शनिबार पीसीआर विधिबाट ९२ हजार चार सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट पाँच हजार पाँ सय ७० जनाको नमुना परीक्षण गरिएको छ।
शनिबार प्रदेशका विभिन्न जिल्लहरुमा गरी ८३ जना नयाँ कोरोना संक्रमितहरु थपिएको समाजिक विकाश मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।देश २ को महोतरीमा ३५ , सर्लाहीमा २७, धनुषामा ८, सप्तरीमा ७ र रौतहटमा ६ जना नयाँ कोरोना स्रक्रमितहरु थपिएको नियमित पत्रकार सम्मेलनमा सचिव घिमिरेले जानकारी दिए।यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् । अहिले आइसोलेसन २५ सय ६८ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३६५ पुगेको छ। ३९९ जना पुरुष र ६६ महिला छन् । शनिबार मात्र ३५ जना डिस्चार्ज भएका छन् ।