जनकपुर । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया पूर्वारी टोलका ५० बर्षिय चन्देश्वर साहको मृत्यु भएको हो।
खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिनुभयो।
मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिनोद मण्डलले विद्युत प्राधिकरणको लापरबाहीका कारण साहको मृत्यु भएको आरोप लगाउनुभयो।