बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–३ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा कार्यालय नजिकै मेल्तडी माबिको क्वारेन्टाइनमा बसेका ६७ जनामध्ये ६ जनामा पीसीआर रिपोर्ट पोजिटेटिभ देखिएको हो ।
यससँगै जिल्लामा कूल संक्रमितको ७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । कोरोना पुष्टि भएकाहरु ७०, ५७, ३८, २५ वर्षीय पुरुष र २ जना ४० वर्षका महिला रहेका छन् ।
उनीहरुमध्ये ५ जना जेठ १५ गते भारतको दिल्लीबाट आएको र एक जना २५ वर्षीय पुरुष काठमाडौंबाट आएका जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. मिलन खड्काले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म १७ सय ४२ जनाको आरडीटी र २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । एक सय ६९ क्वारेन्टाइनमा ३ हजार दुई जना रहेका छन् । सात जनाको आइसोलेशनमा उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ ।
यो पनि पढ्नुहोस्