नेपालगञ्ज । बाँके र बर्दियाका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गर्दे बाँके र बर्दियाका ४० जनाका कोरोना संक्रमण रहेको पुष्टि गरेको छ ।अस्पतालका अनुसार नेपालगञ्ज वडा नं. १ का १ जना, बाँकेको खजुरा गाउँपालिकाका वडा नं. ४ का ७ जना र वडा नं. ५ का १ जना, बैजनाथ गाउँपालिका वडा नं. २ का १ जना र वडा नं. ६ का २ जना रहेका छन् ।
त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका वडा नं. २ का १ जना, ६ का १ र ९ का ३ जना, बढैयाताल गाउँपालिका वडा नं. ६ का १ जना र ७ का २ जना, गुलरिया नगरपालिकाका वडा नं. ३ का ९ जना, ६ का १ जना र १० का १ जना छन्।यस्तै, मधुवन नगरपालिका वडा नं. २ का २ जना, ५ का २ जना, राजापुर नगरपालिका वडा नं. ८ का २ जना र १० का ३ जना रहेका छन् । भेटिएका संक्रमितहरुमा ३ जना महिला ३७ जना पुरुष रहेका छन् ।