बिरगंज । सुन्न्री चौरसिया । कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहा र पुर्बी जिल्ला तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ ।
सिरहा तथा पुर्बी जिल्ला गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने र मुखमा मास्क लगाउनुपर्ने बिज्ञहरुले सुझाब दिईरहँदा महिलाहरु अन्धविश्वासलाई पच्छ्ययाउँदै हुल बनाएर कोरोना भाइरसलाई देवी देवताको रुपमा लिँदैै पूजाअर्चना गर्न व्यस्त छन् ।
नदी तलाउ र मन्दिरमा पुगेर देवीदेवताको पूजाआजा गरिए कोरोना भाइरस समाप्त हुने हल्लै हल्लाका भरमा गाउँगाउँका महिला समूह बनाएर पूजा गर्न जिल्लास्थित प्रमुख नदी तथा जलाशयस्थलमा पुगेर पूजाआजा गर्ने गरेका स्थानीयवासीले बताएका छन् ।
महिला नयाँ लुगा लगाइ डालामा लड्डुु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्तीलगायतका पूजा सामग्री राखेर कमला नदी जस्ता अनेकोऔ नदि तथा गाउँको सिमाना वा खुला ठाउँमा गई पूजाअर्चना गर्ने लहर बर्दै गयेको छ ।
देवी देवता रिसाएकाले संसारभर कोरोना कहर बढेकाले देवीलाई खुशी पार्न गाउँ गाउँका महिला जलाशय तथा मन्दिरमा पूजा गर्न पुग्ने गरेका सिरहा र पुरुब चेत्र का नगरपालिका– गाउपालिका का अस्थानिय ले बताये।
पूजापाठका नाममा हुने गरेको महिलाको भीडभाडलाई रोक्न समाजका सबै पक्षको सहयोग जरुरी छ ।”
एक महिला झाँक्रीले आफूलाई कोरोना सपनामा आएर मलाई पूजा गर्नु अनि म गइहाल्छु भनेको छ भन्ने हल्ला चलेको छ।