• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउन अवधिमा मुलुकभर ११ सयभन्दा बढीले गरे आत्महत्या

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७७, शुक्रबार १६:३५
  • २६४७

    वीरगन्ज | कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू भएको लकडाउन ७४ दिन भएको छ। लकडाउन बढेसँगै विभिन्‍न आपराधिक घटनामा कमी आए पनि आत्महत्या गर्नेको संख्या भने विगत वर्षको तुलनामा बढेको पाइएकोछ।  प्रहरी प्रधान कार्यालको २०७५ चैतदेखि २०७६ जेठको तथ्यांकअनुसार मुलुकभर ४ सय ८५ जनाले आत्म हत्या गरेका थिए। २५५ पुरुष, १८८ महिला, ११ बालक र ३१ जना बालिका रहेका थिए।

    चैत ११ देखि देशमा लकडाउन गरिएको थियो। त्यसयता पटक पटक अवधि लकडाउन थपिएसँगै आत्महत्याको संख्या बढेको प्रहरी तथ्याङ्कले देखाएको छ। यस अवधिमा मुलुकभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्। ५ सय ७१ पुरुष, ३ सय ९६ महिला,५२ बालक  र ८६ जना बालिका रहेका छन्।

    तथ्यांक अनुसार दुई महिनाको लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेको संख्या बढी पाइएको छ। प्रदेश ५ मा यो अवधीमा २ सय ४२ जनाले आत्महत्या गरेका छन्। जसमा १ सय २७ पुरुष ,८८ महिला, ८ बालक र १९ जना बालिका रहेका छन्। प्रदेश १ मा १ सय ८६ जनाले आत्महत्या गरेका छन्।

    पुरुष १ सय ४,महिला ५८, बालक १० र बालिका १४ जना रहेका छन्। बागाती प्रदेशमा सबैभन्दा ८९ जना पुरुषले आत्महत्या गरेका छन्। ६१ महिला,बालक ३ र बालिका ९ जना रहेका छन्। बागमती प्रदेशमा जम्मा १ सय ६२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। अधिकांश तराईको भू-भाग रहेको २ नम्बर प्रदेशमा १ सय ५२ जनाले आत्महत्या गरेका छन्।

    ५० पुरुष,५८ महिला, १७ बालक र २७ जना बालिका रहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेशमा लकडाउन अविधमा १ सय २१ जनाले आत्महत्या गरेका छन्। जसमा ७१ पुरुष,३८ महिला, ६ बालक र ६ बालिका रहेका छन्। काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरेर ६९ जनाले आत्महत्या गरेका छन्।

    ३९ पुरुष, २७ महिला, २ बालक र १ बालिका रहेका छन्। सुदुरपश्चिम प्रदेशमा १ सय १५ जनाले आत्महत्या गरेका छन्। ५८ पुरुष, ४८ महिला, ३ बालक र ६ बालिका रहेका छन्। त्यसैगरी, कर्णाली प्रदेशमा ५८ जनाले आत्महत्या गरेका छन्। ३३ पुरुष, १८ महिला, ३ बालक र ४ जना बालिका रहेका छन्।

    लकडाउनको अवधि थपिएसँगै अन्य आपाराधिक क्रियाकलापमा कमी आएको नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाही बताउँछन्। उनका अनुसार कोरोनाको त्रास र बाहिर निस्कन नपाइने व्यवस्थाले पनि यस्तो भएको हुन सक्छ। प्रवक्ता शाहीले भने,’लकडाउन हुनुभन्दा अगाडि पनि मुलुकका विभिन्न जिल्लामा आत्महत्या हुने गरेको थियो। अहिले सुनसान जस्तो र देश ठप्प भएकोले गर्दा केही बढेको हो कि जस्तो मात्र भएको हो।

    ‘  आत्महत्याको मुख्य कारण भनेको धेरै मानिसको स्वास्थ्यमा डिप्रेसनको असर परेको पनि पाइएकोले यस्तो गरेको हुन सक्ने अनुसन्धानमा पाइएको उनले बताए। ‘बालबालिकालाई सिर्जनात्मक काम’ कोरोना भाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास, रोजगारी गुम्नु जस्ता कारणले आत्महत्या बढिरहेको मनोविश्लेषक बासु आचार्य बताउँछन्।

    विभिन्‍न कारणले आर्थिक संकट पैदा भएकोले मानिसमा नैराश्यता उत्पन्न हुने गरेकोले आत्महत्या गर्नेको संख्या बढेको उनले बताए। मनोविश्लेषक आचार्यले भने,’मेरो अध्ययन र अनुसन्धानमा सबैभन्दा बढी आत्महत्याको प्रयास गर्नेमा महिला हुन्छन। तर, महिलाले प्रयास गर्छन सक्दैनन। पुरुषले चाहन्छन फयाट्ट गरिहाल्छन।

    महिलामा भन्दा पुरुषमा हर्मोन बढी तथा उनीहरुमा आँट पनि हुन्छन र आत्महत्या गर्नेको संख्यामा पुरुषको संख्या बढी आएको हो।’ आर्थिक कारोबार बिग्रेर पनि पुरुषले बढी मात्रामा आत्महत्या गर्ने गरेको उनले जानकारी दिए। ‘लकडाउनको कारणले बालबालिकाहरु घरमा बस्नुपर्दा खुसी छैनन्।

    उनीहरुमा अहिलेको अवस्था देखेर छटपटी र झन्झनाहट बढेकोले बालबालिकाहरुले आत्महत्या गर्ने गरेको आचार्यले बताए। उनले भने,’ घरमा बस्दा मोबाइल, गेम खेल्ने बानी परिसकेको छ, प्रयोग गर्न नपाउँदा उनीहरुले त्यस्तो गरेको हुन सक्छन्।’ फुर्सदको समयमा बालबालिकालाई सिर्जनात्मक काममा लगाउँदा उनीहरुले अन्य कुरामा ध्यान दिन नपाउने उनले बताए। सबैभन्दा राम्रो बालबालिकालाई खेलकुदमा भाग लिएर सहभागी गराउनलाई उनले सुझाव दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑