यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।तर, कोरोना संक्रमणको सयभन्दा बढी केसहरु भएका जिल्लामा यो मापदण्ड लागू हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।उच्चस्तरीय समितिको प्रस्तावको मस्यौदा