• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण एक हजार

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७७, शुक्रबार १३:२६
  • ३१५३

    वीरगंज | दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या  एक हजारको हाराहारी पुग्न लागेको छ । बिहीबार थप १०२ जनामा सङ्क्रमण पुष्टि भएपछि यहाँ सङ्क्रमितको सङ्ख्या अहिले ९६१ पुगेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको छ ।

    प्रदेश नं २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै  ५०० सङ्क्रमित थपिएका छन् । जेठ दोस्रो साताको अन्त्यमा ५०० मुनि रहेको सङ्क्रमित सङ्ख्या तेस्रो साता सकिँदा एक हजार नजिक पुगेको छ । यसरी थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका भेटिएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउँछन् ।

    प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी रौतहट प्रभावित देखिएको छ । बिहीबारसम्म प्रदेशका कूल सङ्क्रमण पुष्टि भएका ९६१ मध्ये रौतहटका ३८४ छन्  । प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३  जनामा सङ्क्रमणको पुष्टि भएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक झा बताउँछन् । क्वारेन्टिन केन्द्रमा समुचित सुरक्षा प्रबन्ध मिल्न नसक्दा, शारीरिक दूरीको ख्याल नगरिँदा सङ्क्रमण बढेको झा स्वीकार गर्छन्।

    “प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहबाट क्वारेन्टिन व्यवस्थित सञ्चालन गर्न समन्वय त भइरहेको छ”, झाले भने, “यद्यपि आँकलन नै नगरिएको सङ्ख्या क्वारेन्टिनमा थपिएसँगै ठाउँठाउँमा समस्या भएका छन्, आपसी समन्वयमा त्यसको व्यवस्थापन गरेर अघि बढ्नुको हामीसँग विकल्प छैन ।” प्रदेशका कैयौँ क्वारेन्टिन केन्द्रमा व्यवस्थापकीय जिम्मेवारी लिने सहयोगी हात थपिँदै जाँदा धेरै ठाउँमा राम्रो व्यवस्थापन गर्न सकिएको झाको थप भनाइ छ ।

    प्रदेशका आठवटै जिल्लाका क्वारेन्टिन केन्द्रमा स्वाब सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । पछिल्लोपटक  बिहीबार एक हजार ३६४ को स्वाब सङ्कलन गरिएको छ । यो बितेका अवधिमा हालसम्मकै सर्वाधिक सङ्ख्या हो । पिसीआर परीक्षणका लागि हालसम्म स्वाब सङ्कलन गरिएको सङ्ख्या अब १८ हजार ८९३ पुगेको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको अन्य प्रदेशमा स्वाब सङ्कलन गरिएमध्ये तीन जनाको नतिजा पोजेटिभ र ६९ जनाको नेगेटिभ आएको झाले बताउनुभयो । स्वाब परीक्षण गरिएका मध्ये  बिहीबारसम्म ९६१  जनाको नतिजा पोजेटिभ आएको छ । परिणाम प्राप्तमध्ये १० हजार ७६३ को नेगेटिभ र सात हजार १६० को नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

    प्रदेशका आठै जिल्लामा गरी अहिले क्वारेन्टिन केन्द्र थपेर ४११  बनाइएका छन् । अहिले यी केन्द्रमा ३१  हजार ११९ श्यया छन्, जसमा २२ हजार ९६१  जना रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बिहीबारसम्म सात हजार १५ छ । प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार १२८ पु¥याइएको छ । बिहीबारमात्र ४१ आइसोलेसन श्यया थपिएका हुन् । हाल आइसोलेसनमा ५९१ लाई राखिएको छ । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या १२२  पुगेको छ ।  बिहीबार नै १७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

    प्रदेशमा हालसम्म आठ हजार ७५७ को आरडिटी गरिएको छ । जसमा आठ हजार ४०२ को नतिजा नेगेटिभ र १६८ को पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड दिइएको छ । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टिन प्रक्रिया सघन गरिनुपर्ने विज्ञको राय छ । यद्यपि पछिल्ला तीन दिनयता भारतबाट भित्रिने क्रम पातलिएको झा बताउँछन् ।

    क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑