• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व वातावरण दिवसको शुभकामना

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७७, शुक्रबार ०९:१५
  • ७६९५

    वीरगंज  |  विश्व वातावरण दिवसको संघारमा लगभग पूरा विश्व नै कोरोना त्रासको लकडाउनमा भएकोे अवस्थामा धर्तिमा मानविय पाइलाहरुमा कमी पक्कै भएको छ, छानामुनी धेरै मान्छेहरु अनि खुला आकाशमुनी कम । यसैक्रममा समाचारहरुमा भारतवाटै हिमालहरु देख्न पाइएको, आकाशको रंग स्वच्छ भएको, वायू प्रदुषणमा कमी भएको, हिमालमा हिँउ बढेको, गंगाको पानी संगलीएको खबरहरु पनि आएका छन् ।

    लकडाउन र मानविय परिचालनमा बन्दाबन्दी कदापी राम्रो कुरा हैन तर सत्य यो पनि हो कि मानविय चहलपहलको कमीसंगै धर्र्तिमा पर्यावरणले काया फेर्दै छ ।

    के यी कुराहरु लकडाउन नहुँदा संभव हुँदैन, मानवले अब आफ्नो क्रियाकलापमा वातावरणमैत्री तवरहरु दिर्घकालिन रुपमा आत्मसाथ गर्नुपर्ने देखिन्छ, सन् २०२० को विश्व वातावरण दिवसले यिनै कुराहरु सिकाएको छ ।माटोवाट आएको मान्छेको अस्तित्व माटोमै विलीन हुन्छ, हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो ।

    आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।

    चाहे महलमा बसौँ या झुपडीमा, अमेरिकामा बसौँ या अन्टार्कटिकामा, हामीले फेर्ने श्वास, टेकेको माटो र हामीलाई सिञ्चित गर्ने जलका श्रोतहरु अनि हाम्रो शिरउपरको आकाशको टुक्राहरु उनै त हुन् । आउनुहोस् आज विश्व वातावरण दिवस अर्थात जून ५ तारिखमा हामीपनि वातावरण केन्द्रित भएर केही बात मारौं, हुन्न र ? सामान्यता वातावरण अर्थात वातको आवरण, सरलरुपमा भन्दा हामी वरिपरि भएका वायूको आवरणलाई मान्न सकिन्छ । खाने खाना, पिउने पानी, श्वास फेर्ने हावा अनि अन्य थुप्रै कुराहरु वातावरणका उपज अझ भनांै वातावरणका उपहारहरु हुन् ।

    १६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो ।

    त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकारगरिएको हो ।

    नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाईदैछ, मुख्य कुरा चाँही भावी सन्ततीलाई प्रकृतिप्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ । काठ हैन रुखलाई माया गर्न सिकाऔ, रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ ।

    कागज र कम्प्यूटर हैन वास्तविक्तामै जनावर र जगंल देख्ने अवस्था रहोस । मान्छे लगायत अन्य जनावर अनि उनिहरुसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् । घडेरी र खेत दुबै महत्वपूर्ण छन्, जीवन र प्रकृति बीचको सम्बन्ध सबैले बुझौँ ।विश्व वातावरण दिवसको शुभकामना |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑