• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउन खोल्ने यस्तो छ प्रस्तावित मोडालिटी

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७७, बिहीबार १४:५६
  • २३२३

    काठमाडौं |  सरकारले लकडाउनलाई खुकुलो पार्नेगरी तयारी सुरु गरेको छ। यसका लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले आन्तरिक प्रस्ताव तयार पारेको छ।सिसिएमसीले दुई विकल्प अगाडि सारेको छ। त्यस्तै ६ तहको प्रस्ताव गरेर अन्तिम तहमा पूर्ण रुपमा खोल्ने भनेको छ।

    पहिलो विकल्पमा संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने र क्रमिक रुपमा खुकुलो पार्दै जाने रहेको छ। पहिलो चरण जेठ ३२ पछि मात्रै सुरु हुने प्रस्तावमा उल्लेख छ।

    दोस्राे चरणमा सुरक्षा सावधानी अपनाएर बन्दाबन्दी हटाउने भनिएको छ। लकडाउन टु लुजडाउनको नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्णरुपमा कार्यान्वयनमा लैजाने रणनीति रहेको छ।

    त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मी र मेडिकल टिमद्वारा कडा निगरानी राख्ने साथै आउने-जाने यात्रुहरुको कोभिड–१९ को लक्षणहरु परीक्षण गर्ने रहेको छ। संभावित संक्रमितलाई तुरुन्तै स्थलगत रुपमा आरडिटी परीक्षण गर्ने भनिएको छ।

    संक्रमणको अवस्था र त्यसको आधारमा शुरुमा जिल्लागत रुपमा त्यसपछि स्थान विशेषलाई केन्द्रित गरी अति प्रभावित, प्रभावित र सामान्य वर्गीकरण गर्ने भनिएको छ। त्यसपछि क्रमिक रुपमा खुकुलो पार्दै जाने सिसिएमसीको प्रस्ताव छ।

    लकडाउन खुकुलो पार्नका लागि पहिलो तहमा सुरक्षात्मक उपायहरु अपनाइ सामाजिक दुरी कायम गरी आंशिक संचालन गर्ने भनिएको छ। जसमा कृषि क्षेत्रका दूध,अन्नबाली, तरकारी बस्तुभाउ र सम्पुर्ण कृषिजन्य उत्पादनको कार्य रहेको छ।

    त्यस्तै प्रस्तावमा पहिलाे चरणमा डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य स्टोर, पानी र ग्यास डिपो पनि आंशिक खुलाउने भनिएको छ।

    अत्यावश्यक सवारी साधन पनि संचालन गर्ने उल्लेख छ। आन्तरिक हवाई यात्रा पनि खुलाउने भनिएको छ। सम्पुर्ण सुरक्षात्मक उपाय अपनाएर ४० प्रतिशत यात्रु राख्न सकिने भनिएको छ।

    विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु सीमित जनशक्तिबाट पुर्ण सुरक्षात्मक उपाय अपानाएर आंशिक खुलाउने भनिएको छ। मर्निङ वाकलाई पनि पहिलो चरणमै खुलाउन भनिएको छ।

    अस्पताललाई पहिलो चरणमा पुर्ण रुपमा खुलाउन प्रस्ताव गरिएको छ। तर यसका लागि स्वास्थ्यकर्मीलाई क्वारेन्टिनको लागि पहिले नै व्यवस्था हुनुपर्ने भनिएको छ।

    सरकारी तथा निजी कार्यालयहरु आंशिक रुपमा खोल्न प्रस्ताव गरिएको छ। राहत र सहयातका लागि पनि पुर्ण रुपमा खोल्ने भनिएको छ।

    दोस्रो तहमा के के खुकुलो हुन्छन् ?
    पहिलो तहको मूल्याङ्कनपछि दुई हप्तामा दोस्रो तहको काम सुरु हुन्छ। पहिलो चणमा खुलेका सबै क्षेत्रहरु दोस्रो तहमा पनि खुकुलो हुन्छन्।

    त्यसका अलवा निजी सवारी साधनहरु, बाह्य उडान पनि आंशिक खुलाउन प्रस्ताव छ। होटल रेष्टुरेण्ट बारलाई पनि आंशिक खुलाउने प्रस्ताव गरिएको छ। जिमलाई पनि दोस्रो तहमा खोल्न प्रस्ताव गरिएको छ।

    तेस्रो तहमा के के खुल्छन्?
    दोस्रो तहको बन्दाबन्दी मूल्यांकन गरी २ हप्तामा तेस्रो तहको लकडाउन सुरु गर्न प्रस्ताव गरिएको छ। यो तहमा आइपुग्दा भने कृषि क्षेत्रलाई पुर्ण रुपमा खुलाउने, दैनिक उपभोग्य सामाग्रीको विक्री वितरण, अत्यावश्यक सवारी साधनलाई पूर्ण रुपमा खुलाइने भनिएको छ।

    त्यस्तै निजी सवारी साधनलाई पनि खुल्न दिने भनिएको छ। ठूला शहरहरुमा भने जोर बिजोर लागू गरेर जिल्लाभित्र मात्रै चल्न दिने भनिएको छ। यो तहमा आएपछि सार्वनजनिक सवारी साधनलाई आंशिक खोल्ने प्रस्ताव गरिएको छ।

    तर ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने भनिएको छ। घरेलु तथा साना उद्योगलाई पुर्ण रुपमा खोल्ने र ठूला उद्योगहरुलाई आंशिक मात्रै खोल्ने भनिएको छ।

    तेस्रो तहमा आएपछि मात्रै विद्यालय र स्कुलहरु तथा कलेजहरु आंशिक खोल्न प्रस्ताव गरिएको छ। त्यस्तै यो चरणमा विकास निर्माणका कामलाई पुर्ण रुपमा खोल्न प्रस्ताव गरिएको छ।

    लकडाउन खुकुलो पार्ने चौथो तह
    तेस्रो तहको बन्दाबन्दी मुल्यांकन गरी दुई हप्ता थप्ने भनिएको छ। त्यस्तै संक्रमणको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दुरी कायम गरी बन्दाबन्दी हटाउने भनिएको छ।

    त्यस्तै अन्य जिल्लाका हकमा भने यस्ता प्रावधानहरु रहेका छन्। जसमा५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी साधन चलाउन पाइने भनिएको छ। आन्तरिक उडानलाई पुर्ण रुपमा खोल्ने भनिएको छ तर ४० प्रतिशत भन्दा बढी यात्रु राख्न पाइने छैन।

    ठूला उद्योगहरु पनि यही चरणमा पुर्ण रुपमा खुलाइने भनिएको छ। तर यसका लागि बारम्बार स्वास्थ्य परीक्षण हुनपर्ने भनिएको छ। विद्यालय कलेज र विश्वविद्यालय पनि पुर्ण रुपमा खोल्ने भनिएको छ। तर संभव भएमा अनलाइन कक्षा सञ्चालन गर्ने, भर्ना प्रक्रिया सुरु गर्ने लगायत उल्लेख छ।

    यो चरणमा मर्निङ वाक, जिम, सम्पुर्ण खेलकुद, फेन्सी स्टोर हजाम र ब्युटी पार्लर पुर्ण रुपमा खोल्न सकिने भनिएको छ। त्यस्तै मन्दिर गुम्बा चर्च र मस्जितलाई आंशिक खोल्ने भनिएको छ।

    पाँचौ तहको बन्दाबन्दीमा के हुन्छ?
    चौथो तहको बन्दाबन्दी मूल्यांकन गरी दुई हप्ता थपिने भनिएको छ। जसमा सुरक्षा सतर्कता अपानएर बाह्य उडान पुर्ण रुपमा खुला गरिने भनिएको छ। सिनेमा मल र पर्यटकीय क्षेत्र पुर्ण रुपमा खुलाउने भनिएको छ। होटल रेष्टुरेन्ट र बारलाई पुर्ण रुपमा खुलाउने भनिएको छ।मन्दिर गुम्बा चर्च र मस्जिदलाई पुर्ण रुपमा खुलाउने भनिएको छ भने सरकारी कार्यालय र निजी कार्यालय पनि पुर्ण रुपमा खुला हुनेछन्।

    लकडाउन खुकुलो पार्दा हुने चुनौती

    सिसिएमसीले यो बेलामा केही चुनौती आउने पनि अनुमान गरेको छ। जसमध्ये पहिलो चुनौती सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने भनिएको छ।

    भारतीय सीमामा नेपाली नागरिकहरुको चाप बढ्नुको साथै गैर नेपालीहरुको समेत आगमन हुन सक्ने खतरा सिसिएमसीले देखेको छ।
    त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि चाप बढ्ने र स्वास्थ्य सामाग्री लगायत जनशक्तिमा कमी हुन जाने भनिएको छ। वैदेशिक रोजगारीबाट फर्किनेलाई तत्काल थप क्वारेन्टाइनको व्यवस्थामा समस्या पर्छ।रोजगारी लगायत खाद्य सामाग्रीको आपुर्तिमा समेत असर पर्ने भनिएको छ। मानिसको चलहलपहल बढ्दै जाँदा संक्रमणको मात्रा बढ्न सक्ने र जनमानसमा त्रासको वातावरण बढ्न सक्ने खतरा पनि सिसिएमसीले औंल्याएको छ।

    बढ्दो संक्रमण र समुदाय स्तरमा समेत संक्रमण फैलिएकाले लुजडाउनमा जाँदा कुनै पनि बेला भयावह स्थिति सिर्जना हुन सक्ने भनिएको छ।छैंठौ तह तथा अन्तिम तहमा डब्लुएचओ लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले विश्वभर संक्रमण शून्यको घोषणा गरे पश्चात सम्पुर्ण सेवाहरु सामान्य अवस्थासरह नै पूर्ण रुपमा प्रवाह हुने भनिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑