बीरगन्ज | बारामा बिहीबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बारामा एक महिला र ६ जना पुरुषगरी ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक महिला र ६ जना पुरुषसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पारस यादवले जानकारी दिए ।
उनीहरु सातैजनामा हेटौँडास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण भएको पुष्टि भएको यादवले बताए । भारतको ईन्दोर, मुम्बई, गुजरात लगायतका स्थानबाट १० दिन अघि फर्किएका सातैजना गाउँपालिकाको वडा नम्बर १ स्थित विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए ।