यही जेठमा मात्र १२ करोड ७५ लाख राजश्व संकलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ । गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लक डाउन जारी रहँदा त्य नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रुपैयाँको सामान भित्रिएको छ ।