• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाको मारमा दीर्घरोगी र ज्येष्ठ नागरिक

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०७७, बुधबार ०६:२४
  • ३१८१

    वीरगंज |  कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा दीर्घरोगी र ज्येष्ठ नागरिक निकै मारमा परेका छन् । ६० वर्षमाथिका र दीर्घरोगीहरू कोरोनाको उच्च जोखिम समूहमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    रोगसँग लडिरहेका र ६० वर्षमाथिका व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू कोरोनाको थप जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ ।

    मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा पर्छन् । दीर्घरोगीलाई आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था सरकारको योजनामा परेको छैन । हाल दैनिक २ हजार ५ सय जनासम्मको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

    मुटुरोगबाट पीडित नागरिक कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । क्यान्सर काउन्सिल नेपालका अनुसार बर्सेनि २६ हजार जना क्यान्सरका बिरामी थपिने गरेका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा २५ लाख ९५ हजार जना नागरिक ६० वर्षमाथिका छन् ।

    सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दीर्घरोगी र ज्येष्ठ नागरिक कोरोनाको थप जोखिममा रहेको बताए । उनले भने, ‘उनीहरूमा अन्य व्यक्तिमा भन्दा रोगसँग लड्ने क्षमता कम हुन्छ । ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हेलचेक््रयाइँ गर्नुहुँदैन ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना परीक्षणको दायरामा समेटिने बताए । उनले भने, ‘दीर्घरोगी र ज्येष्ठ नागरिकलाई कोरोना परीक्षणको दायराभित्र ल्याउने सरकारले निर्णय गरेको छ । कार्यान्वयन गर्दै लैजान्छौं ।’

    राजधानीसहित देशभरका सरकारी तथा निजी अस्पतालले सहज रुपमा सेवाप्रवाह नगर्दा ती बिरामी मर्कामा परेका छन् । लकडाउन लम्बिँदै जाँदा फलोअप आवश्यक पर्ने र दीर्घरोगी मर्कामा परेका हुन् ।

    मुटुसम्बन्धी समस्या भएका ४७ वर्षीया पार्वती राणाले भनिन्, ‘फलोअपका लागि काठमाडौं जानुपर्ने थियो । अलिक बढी दुखेको छ । तर, मुलुकभर लकडाउन छ, के गर्नु ?’

    मुख्यतः मुटुको समस्या, दम, क्यान्सर र मिर्गौलाको समस्या भएका व्यक्ति अहिले बढी प्रभावित भएका छन् । अहिले पनि अधिकांश अस्पतालले ती बिरामीलाई सहज रुपमा स्वास्थ्य जाँच गरेको पाइँदैन ।

    अहिले पनि मानिस अन्य रोगबाट दैनिक मृत्युवरण गर्नु परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा बन्द नगर्न पटक–पटक आग्रह गर्दै आए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

    अधिकांश अस्पतालले ओपीडी सेवा पूर्णतः सञ्चालन नगरेको पाइएको छ । सरकारले नियमित स्वास्थ्य सेवा प्रभावित नभएको गुनासो गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

    संक्रमित २ हजार नाघे
    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

    कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ पुरुष र १ सय ५० महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् ।

    संक्रमण देखिएकामध्ये आठ जनाको मृत्यु भएको छ । आरटी–पीसीआर प्रविधिबाट ७५ हजार ३ सय ४३ जनाको कोरोना परीक्षण गरीएको छ । देशभर १ हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑