• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    अमेरिकामा किन दन्किँदैछ आन्दोलनको आगो ?

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७७, मंगलवार २०:३७
  • ३१७५

    वासिंटन | मे २५ मा अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हिरासतमै हत्या भयो ।मिनेपोलिसका तीन प्रहरी अधिकृतले जर्जको हात पछाडि बाँधेर भुइँमा लडाउँदै घाँटी थिचेर उनको हत्या भएको थियो । गोरो जातिका डेरेक चौभिन नामका प्रहरी अधिकृतले ८ मिनेटभन्दा धेरै बेरसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । अरु दुई अधिकृत ताउ थाओ र जे अलेक्जेन्डर क्युङ पनि जर्जको हत्यामा संलग्न थिए । प्रहरीको गाडीछेउमै भुइँमा टाउको थिचेर जर्जको हत्या भएको थियो ।

    उनको हत्याको ८ मिनेट ४६ सेकेन्डको लाइभ भिडिओ घटनापछि भाइरल बनेपछि अमेरिकाका विभिन्न सहरमा व्यापक प्रदर्शन हुन थालेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडिओमा जर्ज जीवन बचाउन अनुनय विनय गरिरहेको देखिन्छन् ।

    उनले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भन्दै त्यसो नगर्न अनुरोध गरिरहेका छन् । उनले ‘मलाई मनार्नूस्’, ‘कृपया, मैले स्वास फेर्न सकिन’ भन्दै अनुरोध गरिरहेको भिडिओमा देखिन्छ ।जर्ज हत्याकाण्डले अन्ततः अमेरिकामा जातीय दमनविरुद्धको मुद्दा समेत उठेको छ ।

    जर्जको हत्यालाई लिएर अमेरिकाका विभिन्न सहरमा हिंसात्मक प्रदर्शन भएका छन् । यतिसम्म कि, कतिपय प्रहरीका गाडीमा आगजनी र आक्रमण भए । प्रहरीले भने प्रदर्शन दबाउन टियर ग्यास र रबर गोली प्रहार गरेको छ । अमेरिकाका ५० राज्यमा २ सय सहरमा प्रदर्शन भएको छ । पछिल्लो समय ह्वाइटहाउसको अगाडि तिर सुरक्षा निगरानीका लागि सेनालाई समेत खटाइएको छ ।

    जातीय मुद्दा

    फ्लोइडको हत्यासँगै अमेरिकामा जातीय दमनविरुद्धको मुद्दा उठेको छ । काला जातिमाथि प्रशासनले देखाएको असहिष्णु व्यवहार उचित नभएको गुनासो प्रदर्शनमा उठेको छ । २०१४ मा एरिक गार्नरको मृत्युसँग जर्जको हत्यालाई तुलना समेत गरिएको छ । गार्नरको पनि न्युयोर्क प्रहरीबाट यस्तै गरी हत्या गरिएका एक आम अस्वेत अमेरिकी थिए । उनको हत्यामा स्वेत प्रहरी अधिकृतले यसै गरी हिरासतकै क्रममा हत्या गरेका थिए ।

    जर्ज फ्लोइडको पुरा नाम जर्ज पेरी फ्लोइड हो । ४६ वर्षीय उनी अफ्रिकन मूलका अमेरिकी थिए । जसको जन्म नर्थ क्यारोलिनास्थित फ्याटभिल्लामा भएर पछि उनको परिवार हस्टन, टेक्ससमा सरेको थियो ।

    स्कुले जीवनमा बास्केटबल र फुटबल खेलाडी बनेका जर्ज पछि हिपहप समूहसँग जोडिए । हस्टनमा छँदा उनले ‘बिग फ्लोइड’ नामको स्टेज नामबाट र्याप गर्न थाले । २००४ पछि उनी जब मिनेसोटा पुगे । त्यहाँ उनी एक रेस्टुरेण्टमा सुरक्षागार्डको रुपमा काम गर्न थाले । पाँच वर्षसम्म उनी यस पेशामा थिए । हत्या हुनुअघि फ्लोइड लकडाउनका कारण बेरोजगार बनेका थिए । फ्लोइड २२ र ६ वर्षीया दुई छोरीका बाबु थिए । जो हस्टनमै बस्दैआएका छन् ।

    २०२०, मे २५ को साँझ, सोमबार, जर्ज फ्लोइड सिगरेट र खानाको प्याकेट बोक्दै थिए । जब कि, कोरोनाभाइरस महामारीका कारण पसलहरु अक्सर बन्द हुन्छन् । यसैले उनी अक्कल झुक्कल पसलमा खाद्यान्न र अत्यावस्यक वस्तु लिन जान्थे ।

    मिनेसोटाको मिनेपोलिसस्थित सिकागो एभेन्युको घटना थियो । खाद्यान्न सटोरका एक कामदारका अनुसार फ्लोइडले त्यस साँझ जम्मा २० डलरको सामान खरिद गरेका थिए । साँझ ८ बज्नुअघिको बेला थियो, त्यस पसलका दुई कामदार उनको सामान बोकेर अगाडिको कारसम्म लैजान सहयोग गरे ।

    यस्तैमा स्टोरका कामदारले फ्लोइडले सिगरेट किन्न नक्कली बिल दिएको भन्दै प्रहरीलाई फोन गरे । तर कामदारहरु स्वयं भने रक्सीले मातेका थिए । ८ बजेर ८ मिनेट जाँदा मिनेपोलिस विभागका प्रहरी अधिकृतहरु त्यहाँ आइपुगे ।

    अधिकृत थोमस के लेन र जे अलेक्जेन्डर क्युङ त्यहाँ आइपुगे । लेनले फ्लोइडलाई बन्दुग तेस्र्याए र हात पछाडि बाँधिदिए । सडकमा लडाए । सबा ८ बजेतिर जर्जलाई भुइँमा लडाएर घाँटी थिचियो ।

    ८ बजेर १७ मिनेट जाँदा अर्का प्रहरी अधिकृत डेरेक माइकेल चौभिन त्यहाँ आइपुगे । उनको साथमा अधिकृत ताउ पनि थिए । ताउले सुरक्षा दिँदै चौभिनले घुँडाको सहायताले जर्जको घाँटी थिच्न थाले । घटनास्थलमा स्थानीयले भिडिओ खिच्दै थिए । प्रहरी अधिकृत उनीहरुको आग्रह सुन्न तयार देखिएका थिएनन् ।

    जब कि, जर्ज भने जीवनका लागि अनुनय गरिरहेका थिए । ८ मिनेट ४६ सेकेन्डसम्म घाँटी थिचेपछि जर्ज चलमलाउन छाडे । त्यसपछि प्रहरीले एम्बुलेन्स बोलाएर उनको शरीरलाई घिस्याउँदै एम्बुलेन्सभित्र कोचे ।

    फ्लोइड चल्न बन्द गरेपछि हेनेपिन काउन्टी मेडिकल सेन्टरमा उनलाई लगिएको थियो । जहाँ रातको ९ बजेर २५ मिनेट जाँदा मृत्यु भयो । घटनास्थलको सबै दृश्य स्थानीयहरुले पनि कैद गरिसकेका थिए । जुन भिडिओ पछि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    फ्लोइडको हत्यामा डेरेक चौभिन सँगै अन्य तीन अधिकृत पनि प्रत्यक्ष संलग्न भएको भन्दै उनीहरुलाई जागिरबाट बर्खास्त गरिसकेको छ । जर्जको घाँटी थिच्ने अधिकृत चौभिनको तस्बिर सार्वजनिक गर्दै रंगभेदविरुद्धको नारा लेख्दै विरोध जनाउन थाले ।

    मे २९ मा चौभिन पक्राउ पर्दा मिनेसोटाका पहिलो प्रहरी अधिकृत बने, जसमाथि हत्याको मुद्दा परेको छ । उनले तेस्रो तहको हत्या गरेको अभियोग उनीमाथि परेको छ । प्रहरीले यस घटनालाई प्रमुख प्राथमिकता दिएर अनुसन्धान गरेको छ । यद्यपि आन्दोलन रोकिएको छैन ।

    अस्वेत समुदायको प्रतिनिधित्व गर्ने अमेरिकी विधायक इल्हान ओमर, टिना स्मिथ, गभर्नर टिम वाल्ज लगायत थुप्रै नेता तथा सेलिब्रिटीहरुले समेत हत्याको विरोध गरेका छन् । त्यसो त, अमेरिकामा कोरोना भाइरस महामारीबाट मृत्यु हुने र संक्रमित हुने अधिकांश काला जातिका मानिस नै छन् ।

    यसको असर अस्वेत समुदायमा परेकोमा केही अनुसन्धान समेत भए । राष्ट्रपति ट्रम्प स्वयं काला जातिप्रति असहिष्णु देखिँदैआएका छन् । उनले सार्वजनिक स्थलमै अस्वेतहरुविरुद्ध अभिव्यक्ति दिने गरेका छन् । यस घटनालाई पनि अनुसन्धानमा ट्रम्प प्रशासनले तिव्रता नदेखाएपछि आन्दोलन थप सशक्त बन्न थालेको हो ।

    सरकारले भने आन्दोलन दबाउन सेना समेत परिचालन गरेको छ । युवाहरु भने कर्फ्यू तोड्दै प्रदर्शन गरिरहेका छन् । यस क्रममा २ सय भन्दा धेरै पदर्शनकारी पक्राउ परिसकेका छन् ।ट्रम्पको आप्रवासी र अस्वेत विरोधी नीतिका बीच अहिले अमेरिकामा आन्दोलन थप फैलिएको छ । चुनाव आउन केही महिना मात्रै बाँकी रहँदा, कोरोना महामारीले आक्रामक रुप लिँदा अमेरिकामा उठेको यो आन्दोलनलाई भिन्न तरिकाले हेरिएको छ ।

    अमेरिकामा आप्रवासी समुदायहरुको ‘अल अमेरिकन्स’ अभियान सेलाउन नपाउँदै जातीय विभेदविरुद्धको झल्को दिने आन्दोलन अहिले देशव्यापी बनेको छ । एउटा सहरको घटना, एउटा सहरमै सिमित प्रदर्शनलाई अमेरिकी सरकारले दबाउन खोज्दा अन्ततः आगो झैँ देशव्यापी आन्दोलनको रुप लिएको छ ।

    पूर्वराष्ट्रपति बाराक ओबामा, जो आफैँ अस्वेत समुदायको प्रतिनिधित्व गर्छन्, उनले समेत सरकारमाथि टिप्पणी गरेका छन् । अर्थात् प्रदर्शनकारीहरुप्रति उनको सहानुभुति छ । उनले भनेका छन्, ‘यदी हामी परिवर्तन ल्याउन चाहन्छौँ भने प्रदर्शन र राजनीतिमा छनोट गर्नु हुँदैन, जनचेतना र प्रतिनिधि छनोट दुबैको खाँचो पर्छ ।’

    यसअघि मात्रै ओबामाले युवाहरुलाई अबको शासन व्यवस्था र समाज कस्तो बनाउने भनेर प्रेरणादायी सम्बोधन गरेका थिए । भलै त्यो सम्बोधन यस घटना अघिकै हो । आप्रवासीविरुद्ध ट्रम्पको राष्ट्रवादी नीतिको असर आज अमेरिकाका कैयौँ सहरमा आगो बलिरहेको छ । ट्रम्प प्रशासन यदी जनपक्षीय र संयम् भैदिएको भए आज सायद त्यहाँ चीनमा झैँ कोरोनाभाइरस नियन्त्रित भइसकेको हुने थियो ।

    अमेरिकामा महामारीका कारण गम्भीर संकट देखिएको छ । यो क्षतिको जिम्मेवारी किन लिएनौ ? भनेर पत्रकारले सोध्नुअघि नै ट्रम्प यसको जिम्मेवारी त चीनले लिनुपर्ने ‘कुतर्क‘ गर्छन् । विश्व स्वास्थ्य संगठनले चीनका लागि काम गरेकाले अमेरिकामा संकट पैदा भएको उनको खुलेआम चेतावनी दिन्छन् ।

    आज करोडौँ अमेरिकीहरुले कोभिड १९ महामारी भन्दा पनि ट्रम्पको मुर्ख र अहंकारी शैलीका कारण दुख व्यहोर्नु परेको छ । यही शिलशिलामा जर्ज हत्यासँग जोडिएको आन्दोलनलाई संवादबाट समाधान गर्ने भन्दा पनि दबाएरै बढ्ने नीति उनको देखिन्छ । तर अमेरिकी सरकार जति धेरै असहिष्णु बन्दैजान्छ त्यति नै आन्दोलन र विरोधका आवाज फैलिनेछन् ।

    (एजेन्सीहरुको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑