आज:
  • होमपेज / Mobile Phones

    आइफोन १३ मा पाँच वटा क्यामरा

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७७, मंगलवार १०:४४
  • ५३६३

    आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् ।तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल्याउने अनुमान गरिएको आइफोन १३ का विषयका समाचारहरु समेत लिक हुन थालेका छन् ।

    एप्पल कम्पनीका बारेमा विभिन्न गोप्य समाचारहरु खुलासा गर्दै आएको Fudge नामक ट्विटर प्रयोगकर्ताले आइफोन १३ मा हुने क्यामराका विषयमा महत्वपूर्ण खुलासा गरेको छ । उसका अनुसार आइफोन १३ मा एप्पलले खासगरी क्यामरा प्रविधिको सन्दर्भमा व्यापक अपग्रेड गर्नेछ । आइफोन १३ मा पाँचवटा सम्म क्यामरा सेन्सर हुने दाबी उसको छ ।

    लिक गरिएको तथ्यअनुसार आइफोन १३ मा हुने पाँचवटा क्यामरा मध्ये एउटा क्यामरा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामेरा हुनेछ । जसमा १ गुणा अप्टिकल जुम र ६ गुणा डिजिटल जुम क्षमता हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहनेछ भने तेश्रो क्यामरा चाहीँ ६४ मेगापिक्सेलकै एनामोफिर्क लेन्सयुक्त क्यामरा हुनेछ, जुन विशेषगरी भिडियोका लागि प्रयोग हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्सयुक्त र पाँचौ क्यामरा अत्याधुनिक Lidar सेन्सरयुक्त हुनेछ ।

    यद्यपि एप्पलकै भित्रिया कर्मचारीको ट्विटर ह्याण्डिल ठानिएको उक्त ट्विटरबाट लिक भएको सो जानकारीका विषयमा एप्पलले आधिकारिक रुपमा केही पनि बताएको छैन । एप्पलले आइफोन १२ सिरिजका आइफोन नै नल्याइसकेको अवस्थामा आइफोन १३ का विषयमा अहिले नै अनुमान गर्न गाह्रो हुने कतिपयको तर्क छ ।

    उसो त आइफोन १२ मै पनि कस्तो खालको क्यामरा हुने भन्ने विषयमा प्रष्ट भैसकेको छैन । आइफोन १२ मा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामरा हुने र त्यसमा पहिलो पटक LiDAR सेन्सर प्रविधिको प्रयोग हुने बताइएको छ ।

    आइफोन १२ सिरिजका आगामी सेप्टेम्बर देखि नोभेम्बरको बीचमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । एप्पलले उक्त सिरिजका ४ वटा मोडेल बजारमा ल्याउनेछ । आइफोन १२ मा ओएलइडी डिस्प्ले, फाइभ जी कनेक्टिभिटीका साथै सबैभन्दा पछिल्लो बायोनिक चिप प्रयोग हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑