वीरगंज | कोरोना संक्रमितको कुल संख्या सोमबार साँझसम्म १८११ पुगेको छ। सोमबार २३९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। संक्रमितको दैनिक संख्या यो अहिलेसम्मकै उच्च हो। २४ घन्टामा पुष्टि भएको संक्रमितको कुल संख्या हेर्दा कम्तीमा प्रत्येक घन्टामा दसजना संक्रमित भएको देखिन्छ।
सोमबार थप १९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोना जित्नेको संख्या २३९ पुगेको छ। डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन्। उनी अस्पताल बसाइको दशौं दिनमा डिस्चार्ज भएका हुन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।