वीरगञ्ज : लामाे समयकाे लकडाउनले व्यापार घाटा बढ्दै गएका कारण वीरगंजका व्यवसायीहरू सडकमा उत्रिएका छन् । आवश्यक सुरक्षा सावधानी अपनाउँदै बजार सञ्चालन गर्नुपर्ने माग राख्दै व्यवसायीहरू प्रदशर्नमा उत्रिएका थिए।सामाजिक दुरी कायम गर्दै साेमबार व्यसायीहरुले वीरगञ्जको माइस्थान चोकमा प्रदर्शन गरेका छन् ।
व्यवसायीहरुले लकडाउन मोडालिटी परिवर्तन गरेर खुकुलो पार्न माग गरेका छन् ।विश्वका विभिन्न मुलुकहरुले लकडाउनको मोडालिटी परिवर्तन गरेर बजार व्यवसायलाई क्रमस सुरु गरिरहेको बेला नेपाल सरकारले लकडाउन थप्दा आफुहरु मार्कामा परेको व्यसायीहरुको गुनासो छ ।