बीरगन्ज, १९ जेठ – बीरगन्जस्थित नारायणी अस्पतालमा भोलिबाट बहिरङ्ग सेवा शुरु हुने भएको छ ।अस्पतालले आज एक प्रेस विज्ञप्ति निकाल्दै गत बैशाख २ गतेबाट अवरुद्ध भएको बहिरङ्ग सेवा भोलिबाट सुचारु हुने जानकारी गराएको छ ।
स्वास्थ्य मन्त्रालयको गत बैशाख ३० गतेको पत्रानुसार हाल अस्पतालका सम्पूर्ण कोरोना संक्रमित डिस्चार्ज भएकाले भोलिबाट बहिरङ्ग सेवा तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।
कोरोना महामारीको अवधिभर सामाजिक दुरी कायम गरी विभागमा बढीमा २५ बिरामी मात्रको उपचार गर्ने गरी बहिरंग सेवा सन्चालन गर्ने तयारी भएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै, भिडियो एक्सरे परिक्षण पनि दैनिक १० जनाको मात्र गरिने अस्पतालले जनाएको छ ।