• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मापदण्ड विपरित छन् प्रदेश २ का क्वारेन्टाइनहरु

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७७, आईतवार २३:५१
  • ३२६३

    जनकपुरधाम । भारतसहित बाहिरबाट आउनेका लागि प्रदेश २ मा बनाइएको क्वारेन्टाइन मापदण्ड पूरा गर्न सकेको छैन् । जसका कारण क्वारेन्टाइनबाटै कोरोना स.क्रमण हुने खतरा बढेको छ ।

    शनिबारसम्म प्रदेश २ को आठ वटै जिल्लामा क्वारेन्टाइनको संख्या ३ सय ७१ पुगेको छ । यी क्वारेन्टाइनमा २५ हजार ३ सय २२ बेड रहेको भनिएको छ भने शनिबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार ९ सय ३३ रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ ।

    भारतबाट आउनको संख्या बढिरहँदा क्वारेन्टाइन पनि थपिदैं गएको छ । तर कुनै पनि क्वारेन्टाइनले मापदण्ड पूरा गरेको छैन् । अधिकांस क्वारेन्टाइन सरकारी विद्यालयलाई बनाइएको छ । एकै कोठामा धेरै व्यक्तिलाई राख्नेदेखि लिएर सरसफाई नगर्ने, शौचालयको व्यवस्था नमिलाउने जस्ता भद्रगोल अवस्था देखिएको छ ।

    हुन त सरकारले कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न मापदण्ड नै बनाएको छ । तर, यो मापदण्डको प्रदेश २ का कुनै पनि क्वारेन्टाइनले पालना गरेको देखिएको छैन् ।

    कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनाइएको मापदण्ड २०७६ ले बन्दोबस्ती कार्यमा खटिएका व्यक्ति तथा सुरक्षा टोलीलाई बसोबासको लागि बाहिरी घेरामा स्थान वा संरचना उपलब्ध भएको ठाउँमा राख्न भनेको छ ।

    सम्भव भएसम्म शौचालयसहितको कोठा र सो नभएमा न्यूनतम प्रति कोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नान गृह भएको, विद्युत, पानी लगायतका आधारभूत सेवाको उपलब्धता, न्यूनतम टेलिफोन सेवाको व्यवस्था गर्न मापदण्डले भनेको छ ।

    यस्तै, संभावित विपद् तथा आगलागीबाट सुरक्षित, कोठाको व्यवस्थापन, प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्काे खाटको बीच न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यक्ता अनुसार झुलसहितको खाट, फोहोर फाल्ने डस्टबिन समेत उपलब्ध गराउन मापदण्डले भनेको छ ।

    त्यस्तै, गर्भवती महिला, १० बर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टाइन व्यवस्था गर्ने र स्वस्थ्य खाना र शुद्व पिउने पानीको व्यवस्था गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दिर्घरोगीलाई आवश्यक्ता अनुसारको खानाको व्यवस्था गर्न मापदण्डले भनेको छ ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे मापदण्डले निर्देश गरेका बिषयहरु अनुशरण नगरिए थप समस्या आउन सक्ने बताउँछन् । मापदण्डले सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख रहने गरी अनुगमन समिति बनाइएपनि अनुगमन हुन सकेको छैन् । सचिव घिमिरेले क्वारेन्टाइनको अनुगमन गरिदिन सबैसँग विशेष आग्रह गरेको बताए ।

    ‘प्रदेशमा कोरोनाको तिब्र जोखिम न्यूनिकरणका लागि सबै क्वारेन्टाइनलाई व्यवस्थित गर्नु जरुरी छ’ उनी भन्छन्, “आवश्यक शौचालयदेखि, फोहोर व्यवस्थापन, सेनिटाइजरहरुको व्यवस्था राम्रोसँग नभए जोखिम बढ्न सक्छ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑