• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा अस्पताल भरिएपछि संक्रमितलाई वीरगन्ज सारियो

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७७, आईतवार १९:४५
  • २९६३

    बारा | कलैया उपमहानगरपालिका ३ गंगापुरस्थित कोरोना अस्थायी अस्पतालमा आइसोलेसन बेड अभाव भएपछि तीन जना संक्रमितलाई छिमेकी जिल्ला पर्साको गण्डक अस्पताल पठाइएको छ। कलैया उपमहानगरपालिकाको व्यवस्थापनमा तीन दिनअघि शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालनमा आएको थियो अस्थायी अस्पताल।

    वीरगञ्ज महानगरपालिकाले व्यवस्थापन गरेको नारायणी उपक्षेत्रीय अस्पतालको नाममा गण्डक अस्पतालमा सञ्चालित कोरोना अस्पताल पठाइएको हो।  जिल्ला अस्पताल कलैयामा उपचारत ४६ जना संक्रमितलाई शुक्रबार सारिएको थियो। पचरौता नगरपालिकाका ४ जना संक्रमितलाई पनि त्यहीँ उपचार भइरहेको छ।

    अस्पतालमा अहिले ५० जनाको उपचार भइरहेको डा. ओमप्रकाश कुशवाहले बताए।  ‘अहिले अस्पतालको बेड क्षमता ५० बेड हो,’ डा. कुशवाहले भने, ‘थप ५० बेड थप्न काम भइरहेको छ। एक हप्तामा एक सय बेड पुग्छ।’ सिम्रौनगढमा थप तीन जना संक्रमित थपिएपछि आइसोलेसन बेड अभाव भएकाले संक्रमितलाई वीरगन्ज पठाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

    बाराको सिम्रौनगढ नगरपालिकामा दुई र सुवर्ण गाउँपालिकामा एक जनामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिकामा ३ का १८ र ३० वर्षीय पुरुष, तथा सुवर्ण गाउँपालिका १ का २४ वर्षीय पुरुष छन्। संक्रमित सिम्रौनगढका दुई जना जेठ दोस्रो साता भारतबाट फर्किएर किसनपुरस्थित मदर्सा क्वारेन्टाइनमा बस्दै आएका थिए।

    क्वारेन्टाइनमा बस्दै आएका ३७ जनामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्थायी अस्पतालमा ९ जनाको टोली जिल्ला अस्पतालबाट सारिएको संक्रमितलाई शैक्षिक तालिम केन्द्रको अस्थायी कोरोना अस्पतालमा उपचार गराइएको छ। उनीहरुलाई ९ जनाको चिकित्सकको टोलीले सेवा सञ्चालन गर्दै आएका छन्।

    चिकित्सकको टोलीले संक्रमितको स्वास्थ्य अवस्थाको निगरानी गर्नुका साथै उपचार गरिरहेका छन्।  टोलीमा डा. ओमप्रकाश कुशवाह, ललन महत्तो, प्यारामेडिक्स नवल पण्डित, साक्षी गुप्ता, ल्याबका परमेश्वर यादव, दुई जना कार्यालय सहायक, स्विपर र खाना पकाउने एक–एक जना खटिएका छन्। अस्पतालामा दुई पटक परीक्षण गरिएको दुई जनालाई छुट्टै राखिएको छ।

    कोरोना संक्रमित पत्रकार र प्रहरीको कोरोना रिपोर्ट पहिलो पोजेटिभ र दोस्रो नेगेटिभ आएको छ। उनीहरुको अर्को रिर्पोट नेगेटिभ आएपछि घर फर्काइने छ। अस्पतालमा भर्ना भएका २७ जनाको दोस्रो पटक स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ।  दुई जनाले जिते कोरोना बारामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ।

    संक्रमित दुई जनाले कोरोना जितेका छन् भने एक जनाको मृत्यु भएको छ। नारायणी उपक्षेत्रीय अस्तालमा उपचाररत जितपुरसिमराका एक जना र सिम्रौनगढका एक जनाले कोरोनामुक्त भएका हुन्। उनीहरु दुवै भारतबाट फर्किएका जमाती हुन्। करैयामाई गाउँपालिका ७ का ७० वर्षीय वृद्धको उपचार क्रममा नेसनल मेडिकल कलेजमा मृत्यु भएको थियो।

    मृत्यु भएको नौ दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ९, विश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागढीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १४ जना र सुवर्ण गाउँपालिकामा १ जनामा कोरोना भेटिएको छ।

    भारतबाट भित्रिने बढ्दै  लकडाउनको अवधिमा बाराको नाकाबाट एक हजार ३ सय ७९ जना जिल्ला भित्रिएका छन्। बारामा लकडाउनपश्चात भारतबाट नेपाल प्रवेश गर्न खोजेका ९० जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिई भारत नै फिर्ता पठाएको छ। त्यसैगरी नेपालबाट भरत जान नदिई दुई सय ७० जना नेपालमै रोकिएका छन्।

    यस्तै स्थानीय र जिल्ला प्रशासनको सहयोगमा एक हजार ३ सय ७९ लाई नेपाल प्रवेश गराइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिगविजय सुवेदीले जानकारी दिए।महेश्वर अधिकारी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑