विराटनगर । प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज- ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमितको अवस्था सामान्य रहेको गौरीगञ्ज गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले जानकारी दिए ।
विराटनगर- १२ मा एकजनालाई कोरोना संक्रमण पुष्टि महिला पनि भारतबाट आएको विराटनगर महानरगपालिका-१२ का अध्यक्ष हिरालाल कामतले जानकारी दिए ।संक्रमित महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन ।योसँगै प्रदेश १ का नौं जिल्लामा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।