• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाजुराको धुरालसैन मावि ‘सिल’, मृतक बालिकाको दाहसंस्कार नेपाली सेनाले गर्ने

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७७, आईतवार १७:१४
  • ३५७७

    बाजुरा | जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएकी २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएपछि उनी बसेको बुढीगंगा नगरपालिका १ स्थित धुलारालसैन मावि ‘सिल’ गरिएको छ।धुलारालसैन मावि क्वारेन्टाइनमा बसेकी २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको र आमामा समेत कोरोना देखिएपछि सिल गरिएको हो। धुरालसैन माविको क्वारेन्टाइनमा ६४ जना महिला र एक सय २४ जना पुरुष गरी एक सय ८५ जना छन् । उनीहरु सबैको पीसीआर परीक्षण गर्ने विपद संकट व्यवस्थापन समितिले जनाएको छ । भारतबाट उनीसँगै आएका अन्यको खोजी गरिने भएको छ ।

    सँगै क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन पठाउने र अन्य व्यक्तिको आवतजावतमा पूर्ण रोक लगाएर  विद्यालय क्वारेन्टाइनस्थल सिल गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड- १९ रोकथाकम तथा नियन्त्रण समितिको आकस्मिक बैठकले विद्यालयलाई सिल गर्ने निर्णय गरेको थियो ।  समितिले मृत्यु भएकी बालिकाको दाहसंस्कार गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । कोरोना संक्रमण पुष्टि भएको र ज्यान समेत गइसकेको अवस्थामा भारतबाट नेपाल प्रवेश गर्नेलाई अनिवार्य पीसीआर जाँच गर्ने र लकडाउनमा कडाइ गर्ने बारे पनि छलफल गरिएको समिति सदस्य एवं प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टाराईले जानकारी दिए।

    कोरोनासँग मिल्ने लक्षण देखिएपछि बालिकालसँगै उनका आमा बुवालाई पछि जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा  राखिएको थियो । उपचारका लागि आइसोलेसन कक्षमै रहेका बुवामा कोरोना नदेखिए पनि आमामा भने कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ।  बुढीगंगा नगरपालिका १ घर कुडीकी ती २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको हो ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा छोरी र आमा दुबैमा कोरोना संक्रमण पुष्टी भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए।

    कोरोना पुष्टि भएकी बालिकाकी आमाको उमेर २३ वर्ष रहेको छ। आमा र छोरीमा ज्वरो आउने र खोकी लाग्नेजस्ता लक्षण देखिएपछि बालिकासँगै आमा र बुवालाई जेठ १५ गते जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएको थियो । उनीहरु जेष्ठ १४ गते मात्र भारतबाट नेपाल आएका थिए । कोरोना संक्रमणबाट बाजुरामा १ जनाको मृत्यु भएको छ भने २ जना नयाँ संक्रमित देखिएका छन् । कालिकोट जिल्लाको क्वारेन्टाइनमा बसेका जगन्नाथ ५ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस
  • नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑