आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो
वीरगंज संजाल
May 31, 2020, 4:30 pm
२३४५
वीरगंज | आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो।
अहिलेसम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइसोलेसन एक हजार तीन सय ४९ जना रहेका छन्। आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो।
प्रवत्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार पाँच सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार एक सय ९ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार आठ सय ५३ र आरडीटी विधिबाट चार हजार ५४ जनाको नमुना परीक्षण भएको छ।