• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालले सुरु गर्‍याे डायलासिस सेवा

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७७, आईतवार १३:४६
  • ५२८५

    वीरगञ्ज । कोभिडबाट जनरलमा परिणत भएकाे वीरगञ्जस्थित नारायणी अस्पतालले आइतबारबाट डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले नेशनल मेडिकल कलेजमा पठाएको मिर्गौलाका बिरामीलाई ल्याएर सेवा सुरु गरेको हो ।नारायणी टर्सरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि गत वैशाख २ गतेबाट डायलासिस सेवा बन्द गरिएको थियो । नारायणी अस्पतालमा ११ वटा डायलासिस मेसिन भएपनि ६ वटा मात्रै सञ्चालनमा छ । पुरानो र नयाँ दुवै खाले मेसिन भएकाले मर्मत गरिरहनुपर्नेे, स्थान र जनशक्ति अभावका कारण सबै मेसिन सञ्चालनमा ल्याउन नसकिएको अस्पतालले बताउँदै आएको छ ।

    अस्पतालले यसअघि दैनिक तीन सिफ्टमा १७ जनासम्मको डायलासिस गर्दै आएको थियो । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका कारण केही कर्मचारी क्वारेन्टिनमा रहेकोले तत्काल दुई सिफ्टमा सेवा सुरु गरेको डा. निरज सिंहले जानकारी दिए ।‘हामी कहाँ ४० जनाले डायलासिस सेवा लिन्थे, ८ जना बितिसकेका छन्,’ उनले भने, ‘५ जनाको डायलासिस गरेर सेवा सुरु गरेका छौं । क्वारेन्टिनबाट स्टाफ फर्केपछि तीनै सिफ्टमा सेवा दिन्छौं ।’

    अब दैनिक १२ जनासम्मलाई डायलासिस सेवा दिन सक्ने अस्पतालले जनाएको छ । नारायणी अस्पतालले निःशुल्क डायलासिस सेवा प्रदान गर्ने भएकोले मिर्गौला बिरामीहरुको चाप बढी हुने गरेको छ । तर मेसिन भएर पनि प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीहरु चर्को शुल्कमा अन्य स्थानमा सेवा लिन जान बाध्य छन् । निजी स्वास्थ्य संस्थाले डायलासिस सेवा बापत ५ हजार रुपैयाँसम्म लिने गरेका छन् । तर तीन सिफ्टमा सेवा सुरु नगर्दासम्म नयाँ बिरामी नलिने नीति लिएको डा सिंहले बताए ।कोभिड अस्पतालमा परिणत भएपनि नारायणीले आकस्मिक कक्षबाट सर्पदंश उपचार सेवा, फिभर क्लिनिकबाट सेवा दिँदै आएको थियो । यसअघि अस्पतालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै आइतबारबाट अस्पतालले डायलासिस सेवा सुचारु गर्ने जानकारी दिएकाे थियाे ।

    अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालले दिने अन्य सेवा पनि क्रमिक रुपमा सञ्चालन गर्ने जानकारी दिए । ‘नारायणी अस्पतालको साधरण सेवाहरु सञ्चालनको निमित्त आवश्यक सरसफाई निर्मलीकरण र अन्य आवश्यक कार्यहरु तीब्र रुपमा भइरहेको छ । कोभिड अस्पतालबाट साधरण अस्पतालमा परिणत भएको मुलुककै पहिलो अस्पताल हो । संक्रमणबाट पूर्ण रुपमा सुरक्षित भएको प्रत्याभूतिको लागि पहल हुनुपर्ने जरुरी देखिन्छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

    बहिरंग सेवा भने व्यक्ति व्यक्तिबीचको दुरी कायम गरी पहिला प्रत्येक विभागमा बढीमा २५ जनाको मात्रै उपचार गर्ने गरी सञ्चालन गरिने डा उपाध्ययको भनाइ छ । अस्पतालले प्रदान गर्ने अन्तरंग सेवा सुचारु हुन अझै केही दिन लाग्ने, आकस्मिक सेवा प्रदान गरे पश्चात भर्ना हुन भने अन्यत्र पठाउनुपर्ने बाध्यता हुने उल्लेख गर्दै विज्ञप्तिमा अन्य सेवा छिटो भन्दा छिटो प्रदान गर्ने उल्लेख छ ।online

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑