• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको सबै स्थानीय तहमा आइसोलेसन वार्ड निर्माण गर्ने तयारी

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७७, आईतवार ०९:५८
  • २३४९

    बारा | कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाराको १६ वटै स्थानीय तहले आईसोलेसन वार्ड निर्माण गर्ने भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णयनुसार सबै स्थानीय तह आइसोलेसन वार्ड बनाउन जुटेका छन्। उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड निर्माण गर्न लागेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

    जिल्लाभरमा १२९ वटा शय्याका आइसोलेसन छ। जसमा ४६ जना संक्रमितको उपचार भइरहेको छ। क्वारेन्टाइन बढाइँदै बाराका केही स्थानीय तहमा क्वारेन्टाइनको कम भएकाले त्यसलाई समेत बढाइने भएको छ। परवानीपुर गाउँपालिका प्रसौनी र फेटा गाउँपालिकामा कम संख्याको क्वारेन्टाइन भएकाले क्षमता बढाउन लागिएको हो। यी गाउँपालिकाहरुले दुई दिनभित्र ४० शय्याको क्वारेन्टाइन र १० शय्याको आइसोलेसन बनाउने छन्।

    अहिले बारामा १७ वटा क्वारेन्टाइनमा एक हजार २७८ वटा शय्या क्षमता रहेको छ। त्यसमा एक हजार २४० जना रहेका छन्। त्यसैगरी एक हजार १०० जना भने होम क्वारेन्टाइनमा छन्।  जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहले क्वारेन्टाइन र आइसोलेसन दुवैको क्षमता बढाउनुपर्ने अवस्था आएको बताए। संक्रमित बढिरहेको अवस्था र भारतलगायतका विभिन्न ठाउँबाट आएकालाई सिधैं क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले तत्काल क्षमता बृद्धि गर्नुपर्ने देखिएको उनले बताए ।

    परीक्षणका लागि क्याम्पसमा क्वारेन्टाइन  कलैयास्थित रामराजा बहुमुखी क्याम्पसलाई करिब ३०० शय्याको क्वारेन्टाइन बनाइने भएको छ। त्यसका लागि संघीय संसदको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० प्रतिशत र कलैया उपमहानगरपालिकाबाट ५० प्रतिशत खर्च व्यहोर्ने गरी कलैया उपमहानगरपालिकाबाट सञ्चालन गर्ने निर्णय भएको छ। कलैया उपमहानगरपालिकाको जनसंख्या तथा भारतलगायत अन्य मुलुकमा गएका व्यक्तिहरु फर्किने बढ्दो संख्यालाई मध्यनजर गर्दै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गर्न क्याम्पसमा क्वारेन्टाइन बनाउने लागिएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताए।

    नारायणी सिंचाइ कार्यालयमा निर्माण गर्न समय लाग्ने देखिएको र प्रदेश सरकारबाट अस्थायी कोरोना अस्पताल निर्माण गर्न सहमति नभएकोले क्याम्पसमा बनाउने निर्णय भएको छ। जिल्लामा हालसम्म ९२४ जनाको स्वाब संकलन गरिएकोमा २३७ जनाको अझै रिर्पोट आउन बाँकी छ। कलैया र जीतपुरसिमरामा कोभिड अस्थायी अस्पताल रहेका छन्। शैक्षिक तालिम केन्द्रमा निर्माण गरिएको अस्थायी अस्पतालमा ४६ जना उपचाररत छन्।

    त्यस्तै, बैठकले कोरोना संक्रमण बढ्दै गरेको मध्यनजर गर्दै तत्काल दुई हजार पाँच थान पिसिआर टेस्टका लागि भेटिएम किट र एक हजार ५०० थान आरडिटी किट उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको प्रजिअ पण्डितले जानकारी दिए।  ६ स्थानीय तहमा संक्रमित बाराको ६ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ। तीमध्ये सबैभन्दा बढी महागढीमाई नगरपालिकामा संक्रमित रहेका छन्।

    महागढीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित १७ जना, कलैया उपमहानगरपालिकामा सुरक्षाकर्मीसहित ९ जना, सिम्रौनगढ नगरपालिकामा ७, जीतपुरसिमरा उपमहानगरपालिकामा १, बिश्रामपुर गाँउपालिकामा १, करैयामाई गाँउपालिकामा ३ जना, कोरोना संक्रमण पुष्टि भएको छ। बारामा कोरना संक्रमितको संख्या ५९ रहेको छ। जसमध्य एकको मृत्यु भएको छ भने दुईजना उपचारपछि घर फर्किएका छन्। ४६ जनाको अस्थायी कोभिड अस्पताल गंगापुरमा उपचार भइरहेको छ  |रासस्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑