डडेलधुरा | डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ ।जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको शनिबार राति १२ बजे मृत्यु भएको हो ।डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो ।
राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक न्यौपानले जनाएका छन् ।डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टका अनुसार बालक बिरामी भएपछि आइतबार बिहान ३ बजे अस्पताल पुर्याउँदा मृत अवस्थामा रहेको बताए ।क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ ।