• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुई संक्रमितको उपचारमा डेढ करोड बिल

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७७, शनिबार १६:२०
  • २९२५

    पोखरा : बागलुङको धौलागिरी अस्पतालले कोरोना संक्रमितको उपचारमा संलग्नलाई भत्ता माग गरी पठाएको १६९ जनाको नाम सूची फेला परेको छ। संक्रमित बिरामीमध्यकी एक अंशु सापकोटाले अस्पताल भर्ना भएको १२ औं दिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भने अनुसार त्यो समयसम्म उनलाई डाक्टरले समेत भेटेका थिएनन्। अस्पतालले प्रोत्साहन भत्ता माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाएको सूचीमा भने डाक्टर, नर्स, अहेबसहितका स्वास्थ्यकर्मीको मात्रै नाम समावेश छैन्। अस्पतालका सबैजसो चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नाम समावेश छ। ती सबैका लागि १ करोड ५३ लाख प्रोत्साहन भत्ताका लागि अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ११ जेठमा पत्राचार गरेको हो।

    रेडियोलोजिस्ट, एनेस्थेसिस्ट, स्त्रीरोग र हाडजोर्नीका डाक्टर, फर्मासिस्ट, फिजियोथेरापिस्ट, अधिकृत, खरिदार, चौकीदार, माली, कार्यालय सहायकलगायतको नाम समावेश गरी प्रोत्साहन भत्ताका लागि अस्पतालले पत्राचार गरेको छ। अस्पतालमा भए जति सबै जसो गरी १६९ जनाको नाममा अस्पतालले प्रोत्साहन भत्ताका लागि पत्राचार गरेको हो। अस्पतालका सूचना अधिकारी तीर्थराज गौतम सरकारले बनाएको निर्देशिकामै फलाना फलानालाई दिने भन्ने यकीन नभएका कारण सबैको नाम पठाएको अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने, ‘अस्पतालमा आउनुभएका जति सबै रिस्कमा हुनुहुन्थ्यो, एक जनाको पठाउने र त्यसैसँग काम गर्ने अर्कोको नाम नपठाउने कुरा भएन।’ उनले माथिल्ला निकायले छानबिन गरी भत्ता दिनसक्ने पनि बताए। ‘पाउनैपर्छ भनेका छैनौं, भत्ता नभए पनि काम गर्न सबै जना तयार छौं, सरकारले नै भत्ता दिने भन्यो, असारसम्मको अनुमानित विवरण पठाउनोस् भनेर माथिल्ला निकायले भनेकैले पठाएका हौं,’ गौतमले भने।

    नेपाल सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई प्रोत्साहन भत्ता दिने निर्देशिका बनाएको छ। त्यस्तै कार्यविधि गण्डकी प्रदेश सरकारले पनि बनाएको छ। त्यसै निर्देशिका र कार्यविधिलाई आधार बनाएर त्यस्तो प्रोत्साहन भत्ताको विवरण पठाएको अस्पतालका अधिकारी बताउँछन्। अस्पताले पठाएको प्रोत्साहन भत्ता माग गरिएको विवरण चैतदेखि असारसम्मका लागि हो। संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको शतप्रतिशत भत्ता दिने नेपाल सरकारले भनेको छ। उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई तलबको ७५ प्रतिशत र बिरामीको ओसारपसार तथा नमुना ओसारपसार गर्नेलाई ५० प्रतिशत दिने उल्लेख छ। प्रदेशले केन्द्रबाट दिने भत्तामा २५ प्रतिशत थप्ने भनेको छ।

    पछिल्लो समय कोरोना भाइरस रोग कोभिड १९ संक्रमित पुष्टि भएका ६ जना अहिले धौलागिरि अस्पतालमा उपचाररत छन्। तनाम खोला र बडिगाड गाउँपालिकाका उनीहरु बुधबार अस्पताल भर्ना भएका हुन्। त्यसअघि कोरोना भाइरस पुष्टि भएपछि १९ वर्षीया अंशु सापकोटा २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किएकी थिइन्। अर्की कोरोना संक्रमित मनकुमारी पौडेल २२ दिन अस्पताल बसी ६ वैशाखमा घर फर्किएकी थिइन्। धौलागिरी अस्पतालले डेढ करोड रुपैयाँको खर्च विवरण पेस गरिसकेपछि सामाजिक विकास मन्त्रालयले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुखको टिमलाई उक्त विवरणमाथि छानबिन गर्न भनेको छ। ‘को साँच्चिकै फ्रन्टमा खटिएको थियो, को थिएन भनेर बुझेर उहाँहरुले प्रतिवेदन बुझाउनुहुन्छ अनि भेरिफाई भए पछि मात्रै भुक्तानी दिइनेछ’ मन्त्रालयका ती अधिकारीले भने, ‘माग्नुभयो भन्दैमा त्यत्तिकै दिइन्न।’ प्रदेशको कार्यविधिमा झुठा विवरण पेस गरे कारबाही हुनेसमेत उल्लेख गरेको उनले सुनाए।

    मन्त्रालयका एक उच्च अधिकारीले कार्यविधिअनुसारमात्रै प्रोत्साहन भत्ता दिइने अन्नपूर्णलाई बताए। ‘अहिले कोरोनाका अरु बिरामीको पनि उपचार गरिरहनुपरेको छ, कुनै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि अहिले निरुत्साहित नगरौं’आफ्नो नाम उल्लेख नगर्न अनुरोधसहित उनले भने, ‘तर हामी कार्यविधिले भनेको भन्दाबाहेक दिँदैनौं। पाउनुपर्नेले पाउँछ, नपाउनुपर्ने कसैले पाउँदैन।’

    धौलागिरि अस्पताललाई आइसोलेसनका लागि संघ सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ पनि दिएको थियो। त्यो रकम कोरोना रोकथाम कोषबाट प्रदेशले दिएको हो। असारसम्मका लागि ५ जना नर्स करारमा भर्ना गरी मासिक २८ हजार २ सय रुपैयाँ उपलब्ध गराउन प्रदेशले अर्को ४ लाख २३ हजार रुपैयाँ पनि धौलागिरि अस्पताललाई दिएको थियो। २ जनाकै उपचारमा संलग्नको भत्ता भनी त्यतिका धेरै रकम माग गरेको बारे बुधबार गण्डकी प्रदेशसभामा सांसद विनोद केसीले प्रश्न उठाएका थिए। उनले संसदमा भने, ‘दुईजनालाई निको बनाउन यत्रो खर्च आएको छ, भोलि हजारौं लाखौं संक्रमित हुँदा हामीले व्यवभार धान्न सक्छौं त?’अनपूरणपोस्ट|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑