वीरगञ्ज । बारामा शनिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का १८ वर्ष र ३५ वर्षका तथा सुवर्ण गाउँपालिकाको हर्दियाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ मा संक्रमण पुष्टि भएका दुवै व्यक्ति भारतबाट आएर किसुनपुरस्थित मदरसा क्वारेन्टिनमा बस्दै आएका थिए । उक्त क्वारेन्टिनमा ३७ जनाको पीसीआर परीक्षण गरिएको र सो मध्ये २ जनामा संक्रमण पुष्टि भएको सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य प्रमुख भोजेन्द्र चोधरीले जानकारी दिए ।बारामा संक्रमित राखेर उपचार गर्ने आइसोलेसन कक्ष खाली नभएकाले उनीहरुलाई वीरगञ्जस्थित गण्डक कोभिड अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।