वीरगंज | पर्सा जिल्लामा आज थप दुइजना कोरोना पोजेटिभ फेला परेको छ । नारायणी अस्पतालको पिसिआर रिर्पाेटमा सखुवाप्रसौनी गाउपालिकाको दीपनारायण माविको क्वारेन्टाइनमा बसेकी एकजना ६० वर्षिय वृद्धा र १८ वर्षिय युवकमा पोजेटिभ देखिएको नारायणी अस्पतालको मेडिकल सुपरिटेनडेण्ट डा॰ मादान कुमार उपाध्याले जानकारी दिनुभयो ।
संक्रमित दुवै जनाको केहि दिन अघि मात्र भारतबाट आई गाँउपालिकाको क्वारेन्टाईनमा बसेका थिए । संक्रमितको दुवैजनालाई अस्पताल लगिएको छ । यसअघि बिहिवार पर्सा जिल्लाको पोखरियामा चारजना र जीराभवानी गाउपालिकामा एकजना संक्रमित फेला परेका थिए ।