वीरगन्ज।मुकेश खेतान | मिशन बन्दे भारत अन्तर्गत भारत सरकारले नेपालमा रोजगारीका लागि र अन्य कारणले रहनुभएका आफ्ना नागरिकलाई वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा आफ्नो देश पठाउने कार्यमा जुटि रहनु भएको बेलामा आज केही कारणले भारत पठाउन नसकिएको हुनाले लगभग १५०० सय जना अलपत्र हुनुभएका थिए।
अलपत्र भएर खानाको समस्या भएको जानकारी पाउनु बित्तिकै ग्रीन सिटीले रूंगटा वेलफेयर सोसाइटीको सहकार्यमा तत्कालै १५ सय जनाको खानाको ब्यवस्था गरेर इंटीग्रेटेड चेक पोस्टमा पठाएर खाना खुवाउनु भएको जानकारी ग्रीन सिटी अध्यक्ष जयप्रकाश खेतानले गराउनुभयो।
ग्रीन सिटीले लक डाउन भएको बेलादेखि नै ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहनुभएका भारतीयहरुलाई खाना खुवाउदै आइरहनुभएको जानकारी पनि अध्यक्ष खेतानले दिनुभयो।