• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना लाग्दैमा मरिँदैन, लापरवाही नगरौं

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०७७, शुक्रबार १७:४९
  • २१४९

    दाङ | दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ  कोरोना संक्रमित निको  भएर घर फर्किएका छन्।   कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि  घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले बताए।

    वलीका अनुसार घर फर्कनेमा  कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन्।  कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका  ४५मध्ये आठजना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ।  अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र   बर्दियाका संक्रमित छन्।  उपचार गराइरहेकामध्ये दुई महिला पनि रहेका वलीले बताएका छन्। निको भएपछि दाङको गढवा गाउँपालिका ४ का ३६ बर्षीय पुरुषले आफुलाई कोरोना संक्रमण कहाँ भयो भन्‍ने थाहा नपाएको बताए।

    उनले अस्पतालबाट राम्रो सेवा पाएको बताए। ‘संक्रमितको अवस्था अनुसार उपचार हुने गरेको पाइयो,’उनले भने,‘अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले बेला बेलामा अवस्था बुझ्ने गर्नुहुन्थ्यो। एकदमै राम्रो सेवा पाइयो ।’  उनले बाहिर कोरोनाबारे भ्रम फैलाइएको बताउँदै त्यसमा सत्यता नभएको उल्लेख गरे। ‘कोरोना संक्रमण हुनेबित्तिकै मान्छे मरिहालिन्छ भन्‍ने अफवाह गलत हो’, उनले भने, ‘त्यसो होइन, कोरोना जितेर बाँच्‍न सकिन्छ, तर कसैले लापरबाही गर्नु भएन।

    आफ्नो आत्माबल बढाउन पर्‍यो। ’   उनीहरु संक्रमणबाट जोगिन भारतको गोरखपुरबाट साइकलमा आएका थिए। उनीहरुलाई बर्नी बोडरमा क्‍वारेन्टाइनमा राखिएको थियो। क्‍वारेन्टाइनमा खाना, बस्न राम्रो ब्यवस्था नभएपछि उनीहरु त्यहाँबाट एम्बुलेन्समा गढवा आएका थिए। आफुसँगै आएका अरु तीनजनाबाट कोरोना सरेको हुन सक्ने उनको अनुमान छ। ‘मलाई कोरोना लागेको जस्तो कुनै लक्षण देखिएको थिएन, तर कहाँ संक्रमण भयो, त्यो पनि थाहा भएन,’उनले भने,‘संक्रमण भइसकेपछि म मरिहाल्छु जस्तो लागेको थिएन्, १४ दिनपछि ठीक भएर घर जाँदैछु, धेरै खुशी छु ।’

    आज डिस्चार्ज भएकाहरुको  २ पटकसम्म  गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरेर घर पठाइएको अस्पतालका  सदस्य सचिव डा. सर्वेश शर्माले बताए।   कोरोना जितेकाहरुलाई लिन सम्बन्धित स्थानीयतहले एम्बुलेन्स पठाएका थिए। अस्पतालमा ४५ जना कोरोना संक्रमित थिए। ८ जना डिस्चार्ज भएसँगै अहिले ३७ जना छन्। अब दाङ, बाँके, बर्दिया, कपिलबस्तु, रुपन्देही र पूर्ब रुकुमका कोरोना संक्रमित रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था राम्रो  भएको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑