पर्साको पोखरिया नगरपालिकाको ४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगंज संजाल
१५ जेष्ठ २०७७, बिहीबार २०:४५
४९९५
पोखरिया | राजन कुमार बानिया | पर्साको पोखरिया नगरपालिकाको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरिया नगरपालिका मा रहेको जिल्ला उचागल रामदेव कलवार उच माध्यमिक बिधालय मा रहेको क्वारेन्टाइनमा बसेका ४ जनामा आज कोरोना पोजेटिभ देखाएको छ ।
संक्रमित देखिएका चारै जना ९ दिन अगाडी भारतबाट आएका थिए । भारतबाट आएलगतै उनीहरुलाई एम्बुलेन्स मा ल्याई बिधालय मा रहेको क्वारेन्टाइनमा राखिएको थियो । ३१ जना रहेको क्वारेन्टाइनमा चार जना स्वास्थ्यकर्मी समेत १४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरेर जेठ १३ गते वीरगंजको नाराजयणी अस्पतालको ल्याबमा पठाइएकोमा ४ जनाको कोरोना टेस्ट पोजेटिभ देखिएको पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट अनिल कुमार यादव ले जनाएका छन।
कोरोना
संक्रमित देखिएका ४ जनामध्ये पोखरिया नगरपालिका–६ सिरिसियाका एक जना परिवारका सदस्यलाई उपचार गराउन दिल्ली गएका थिए भने पोखरिया नगरपालिका–९ शिवबर्वाका ३ जना गर्न भारतको हरियाना मा मजदुरी गरि कमाउन गएका थिए ।
संक्रमित देखिएका यी चारै जनालाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिन अस्पतालमा ल्याईएको थियो । योसंगै गण्डक कोभिन अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या ९ जना रहेको छ ।
पोखरिया नगरपालिका मा ४ जना कोरोना संक्रमित भएको ले पोखरिया नगरबासी ले अातनु पर्दैन। सुरक्षित रहन सतर्कता अपनाउन जरुरी रहेको मेयर दिपनारायण रौनियार ले अाग्रह समेत गरेका छन।लकडाउन को पालना गरि घर बाट बाहिर नजान कुनै जरुरी परेमा माक्स पर्योग गर्न,साबुन पानी ले हाथधुनु र तीन फिटको दुरी बनाएर बस्न साथै भारत लगायत अन्य ठाउँ बाट ााउने हरु लाई पहिचन गरि नगरप्रमुख लगायत वाडा हरुमा जनकारी गरि क्वारेन्टाइन मा बसन लगाउन मा सहयोग गरि दिन अाग्रह समेत मेयर रौनियार ले जनाएका छन।