वीरगंज । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ ।बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन भएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ६३ करोडले कम हो ।
कोरोना महामारीका कारण यस पटक स्वास्थ्य , शिक्षा तथा रोजगार जस्ता क्षेत्रको बजेट प्राथमिकतामा पर्दा खेलकुदको बजेट घटेको हो र।अर्थमन्त्री अतिवडाले आगामी आवका लागि खेलकुद पूर्वाधारमा ध्यानमा राख्दै बजेट ल्याएको जानकारी दिए ।
युवा परिचालनदेखि खेलकुद पूर्वाधार निर्माण, नवौं राष्ट्रिय खेलकद आयोजना, कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको लागि बजेटको व्यवस्था गरिएको उनले बताए ।जुम्लामा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । यस्तै बजेटमा युवा उद्यमशिलता विकासका लागि सबै प्रदेशमा युवा प्रवर्धन केन्द्र स्थापना गरिने उल्लेख छ ।