वीरगंज । बैंकहरुका सबै शाखा कार्यालयहरुले सहुलियत कर्जा अनिवार्य लगानी गर्नु पर्ने भएको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको हो अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।
विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने उनले बताए ।आगामी आर्थिक वर्षमा बैंक गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत अर्थमन्त्री खतिवडाले जनानकारी दिए ।अर्थमन्त्री खतिवडाले वित्तीय साधनको परिचालन उत्पादनमुखी बनाउने बताए ।