वीरगंज । सरकारले बाँकेको नेपालगन्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने भएको छ । यस्तै कन्चनपुरको दोधारा चाँदनीमा नयाँ सुख्खा बन्दरगाह निर्माणको कार्य अघि बढाइने नयाँ बजेटमा उल्लेख छ ।
यस्तै काठमाडौंको चोभार र रसुवाको केरुङमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गर्ने, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र निर्माण गरिने बजेट घोषणामा भनिएको छ ।यस्तै हुम्लाको यारी, मुस्ताङको कोराला, संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङगोलामा व्यापार पूर्वाधार विकास कार्य अघि बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।