वीरगंज। सरकारले स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन तथा निर्यात गर्ने उद्योगलाई कर प्रणालीमार्फत सहुलियत दिने भएको छ। सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा यस्तो व्यवस्था गरेको हो ।
औद्योगिक क्षेत्र, विशेष औद्योगिक क्षेत्र र औद्योगिक ग्रामभित्र स्थापना हुनुपर्ने त्यस्ता उद्योगका लागि कर प्रणालीमार्फत सहुलियत दिइने अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।त्यस्तै, एक प्रदेश, एक औद्योगिक ग्राम स्थापना कार्यक्रमले पनि यसवर्षको बजेटमा पनि निरन्तरता पाएको छ ।