वीरगंज । कोरोना प्रभावित क्षेत्रमा सरकारले बीमा प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि १३ अर्ब ९६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै बिमाको पहुँच बढाउने बताए ।
आगामी आर्थिक वर्षमा वित्तीय साधनको परिचालन उत्पादनमुखी बनाइने उनको भनाइ छ ।पुँजी निर्माण र व्यवसायी वातावरण निर्माण गर्न विभिन्न उपायहरु अपनाइने अर्थमन्त्री खतिवडाले बताए ।अर्थमन्त्री खतिवडाले बीमाको दायरा विस्तार गर्ने र दाबीलाई सहज बनाउने समेत बताए । उनले आगामी आर्थिक वर्ष सबै नागरिकमा बीमाको पहुँच सहज बनाउन घुम्ती बीमा कार्यक्रम चलाइने बताए ।