वीरगंज । सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न अब स्वदेशमै उत्पादन गरिने भएको छ ।यसअघि विदेशबाट यस्ता सामग्रीहरू खरिद गरिँदै आएको थियो । जसबापत राज्यको ठूलो धनराशी बाहिरिँदै आएकोमा अब स्वदेशमै उत्पादन गर्न लागिएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै सुरक्षाकर्मीको पोशाक, जुत्ता, खाद्यान्नको उत्पादन अब स्वदेशमै गरिने जानकारी दिए ।