• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गाइडलाइन नहुँदा नारायणीबाट जनरल सेवा सञ्चालन गर्न समस्या

  • वीरगंज संजाल
  • May 28, 2020, 11:39 am
  • ३९०३

    वीरगंज  । कोरोना महामारी फैलँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक पूर्वधार रहेका देशभरका केही अस्पतालहरूलाई अस्थायी कोभिड अस्पतालको रूपमा रूपान्तरण गर्दै संक्रमितहरूको उपचार गराउन सुरुवात गर्‍यो ।

    अस्थायी कोभिड अस्पतालहरूमा सरकारले आवश्यक भौतिक पूर्वाधारदेखि लिएर स्वास्थ्य सामग्रीहरू पनि व्यवस्थापन गर्दै लगेको अवस्था छ । तर पनि संक्रमितहरूलाई राखेर उपचार गराउने व्यवस्था अझै प्रभावकारी हुन सकेको छैन ।भौतिक पूर्वाधार भएका अस्पतालमा कोभिड अस्पताल सञ्चालन गर्नेबारे सरकारले तीव्र चासो राखेर सञ्चालन गरेको अवस्था पनि हो ।

    तर अस्थायी कोभिड अस्पताल सञ्चालन गरिएका जनरल अस्पतालमा पुनः कसरी सेवा सञ्चालनमा ल्याउने भन्ने वैज्ञानिक आधार अर्थात् गाइडलाइन भने सरकारले तयार पारेको देखिँदैन । त्यही वैज्ञानिक तथ्य अर्थात् गाइडलाइन नहुँदा करिब दुई महिना अस्थायी कोभिड अस्पतालको रूपमा विकास गरिएको वीरगञ्जस्थित नारायणी अस्पतालबाट पुनः जनरल सेवा सञ्चाालन गर्नेबारे अन्यौलता देखिएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ का बिरामीहरूलाई बिस्तारै डिस्चार्ज गर्दै लैजाने र सबै डिस्चार्ज भइसकेपछि जनरल सेवा सुरु गर्न भनेर अस्पताललाई निर्देशन त दिएको छ तर जनरल सेवा पुनः सुरु गर्दा अपनाउनु पर्ने गाइडलाइन भने उपलब्ध गराएको छैन ।

    नारायणीबाट जनरल सेवा सञ्चालन गर्न स्थानीयस्तरबाट चौतर्फी दबाव सिर्जना गरिएको छ । राजनीतिक दलदेखि लिएर सामाजिक अभियन्ताहरूले समेत जनरल सेवा पुनः सञ्चालन गराउन दबाव दिँदै आइरहेका छन् ।

    सोमबार एकैपटक ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नारायणी अस्पताल कोरोनामुक्त बनेको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डक कोभिड अस्पताल पनि सञ्चालनमा आइसकेको र नारायणी अस्पताल कोभिड १९ को बिरामीरहित बन्न पुगेपछि जनरल सेवा पुनः सञ्चालन गर्न अस्पताल प्रशासनलाई दबाव सिर्जना भएको छ ।

    नारायणी अस्पताल कोरोना मुक्त बनेपछि अस्पतालले जनरल सेवा पुनः सञ्चालन गराउँछ भन्ने धेरैले अपेक्षा गरिरहेका छन् । यसै विषयमा आधारित रहेर अनलाइनखबरले अस्पतालका मेसु डा. मदन उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंशः

    अस्पतालमा रहेका सबै कोरोना संक्रमित निको भएर सोमबारदेखि डिस्चार्ज भएका छन् । अब जनरल सेवा सञ्चालन हुन्छ हो ?

    अस्पतालले झण्डै दुई महिनादेखि कोरोना संक्रमितको उपचार गर्दै आइरहेको थियो । हिजो एकैदिन ४३ जना डिस्चार्ज भएसँगै अस्पतालमा अब कोरोनाका बिरामी छैनन् । अस्थायी कोभिड अस्पतालमा रूपान्तर भएपछि सर्वसाधरणहरू यहाँबाट पाउँदै आएका सेवा सुविधाबाट वञ्चित हुनु परेको यथार्थ नै हो । तर कोरोना संक्रमित बिरामी उपचार गराउने अस्पतालबाट जनरल सेवा सञ्चालन गर्न केही समय लाग्छ । त्यसको पनि प्रक्रिया हुन्छ ।

    प्रक्रिया भन्नाले ?

    जनरल अस्पतालबाट कोभिड अस्पताल सञ्चालन गराउनु जति सहज छ त्यति कोभिड अस्पतालबाट जनरल सेवा सञ्चालन गराउनु सहज छैन । यसको लागि वैज्ञानिक तथ्य अर्थात् गाइडलाइनहरू फलो गर्नुपर्ने हुन्छ । वैज्ञानिक आधारलाई फलो गरेर मात्रै अस्पतालबाट नर्मल सेवा सञ्चालन गराउन सकिन्छ । त्यसैले प्रक्रियागत रूपमा वैज्ञानिक आधारहरूलाई फलो गरेर मात्रै अस्पतालबाट पुनः सेवा सञ्चालन गराउँदा राम्रो हुन्छ ।

    वैज्ञानिक तथ्य अर्थात् गाइडलाइन भनेको चाहिँ के हो ?

    झण्डै दुई महिनादेखि संक्रमितहरू बसेको ठाउँबाट जनरल सेवा सञ्चालन गर्दा जोखिम हुन्छ । त्यस्तो जोखिमबाट बच्नका लागि अस्पताललाई नै निर्मलीकरण गर्नु पर्ने हुन्छ । निर्मलीकरण गरेको कति दिनपछि सेवा सञ्चालन गराउँदा सुरक्षित हुन्छौं भन्ने गाइडलाइन हामीसँग छैन । हामीले यसको प्राक्टिस गरेकै थिएनौं । हाम्रो लागि यो विल्कुल नयाँ प्राक्टिस हो । नर्मललाई कोभिड अस्पताल त बनायौं । तर कोभिडबाट नर्मल सेवा सुचारु गर्दा कस्तो गाइडलाइन अपनाउने भन्नेतर्फ ध्यान दिएनौं ।

    मानौं स्वास्थ्य मन्त्रालयले गाइडलाइन पठाएन, त्यस्तो बेला कसरी सञ्चालन गरिन्छ ?

    कोभिड अस्पताललाई जनरल बनाउने नेपालको लागि विल्कुलै नयाँ प्राक्टिस हो । त्यतातिर कसैको ध्यान जान सकेन । महामारी फैलिँदै गएपछि त्यसतर्फ सोच्ने ध्यान कसैको नपुगेकै हो । मन्त्रालयले एउटा गाइडलाइन पठाउँछ भन्नेमा हामी विश्वस्त छौं । तर पनि अस्पतालले वैज्ञानिक तथ्यहरूको अध्ययन गरेर सेवा सञ्चालन गर्न निर्देशन भयो भने हामी आफैं पनि त्यसको आधारहरू खोजेर सेवा सञ्चालन गराउनेतर्फ लाग्छौं ।

    जनरल सेवा सुरु गराउन कति समय लाग्छ त्यसो भए ?

    आजबाटै सुरु गर्छु, भोलिबाटै सुरु गर्छु भनेर हुँदैन । त्यसो गर्दा हतार हुन सक्छ । जसले थप जोखिम बहन गर्नुपर्ने पनि हुन्छ । कोभिडको उपचारमा संलग्न सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्‍यो । उनीहरूको परीक्षणको रिपोर्ट आउन पनि त समय लाग्छ ।यो अन्तर्वाता अन्लाईनखबरमा आज प्रकासित गरिएको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑