वीरगंज | बाराका कोरोना संक्रमण पुष्टि भएका ७० बर्षिय वृद्धको उपचारमा संलग्न वीरगंजका ४९ स्वास्थ्यकर्मी र २ जना बिरामीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।बारा ७ का ७० बर्षिय वृद्धको जस्काे जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएकाे थियाे र जेठ १२ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो नेशनल मेडिकल कलेजको चिकित्सक सहित ५१ जनाकाै स्वाव संकलन गरिएको थियो ।
स्वाव संकलन गरिएका ५१ जनाको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारीले जानकारी दिनुभएको छ ।पिसिआर रिपोर्ट पोजेटिभ आएपछि नेशनल मेडिकल कलेज अस्पतालको आकस्मिक सेवा र आईसियु सेवा शिल गरिएको गरी उच्च सर्तकताका साथ कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्फत वृद्धको उपचारमा संलग्न ४९ चिकित्सक र अन्य २ बिरामीको स्वाव संकलन गरिएको प्रबन्धक अंसारीले जानकारी दिनुभयो ।