सखुवाप्रसाैनी क्वारेन्टाइनमा रहेका ४७ जना काे स्वाब संकलन
वीरगंज संजाल
१४ जेष्ठ २०७७, बुधबार २०:२३
२५३९
पर्सा | हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।एसैबाट बचनको लागी पर्साको सखुवाप्रसुनी गाउँपालिका वडा २ स्थित श्री दिपनारायण माध्यमिक विद्यालय औराहा पन्चगावाको क्वारेन्टाइनमा
विभिन्न स्थानबाट आएका ४७ जनाको पि .सि .आर परिक्षणको लागि थ्रोट स्वाब संकलन गरिएको सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक राजेश रौनियारले बताएको छ।हाल क्वारेन्टाइनमा रहेका सबै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे साथे कोरोना भाइरस मुखय गरी श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो ।
यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ | भनेर सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक राैनियारले जनाएका छन् ।