• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बनिसकेका ट्युबेलमा विद्युत् पुगेन, आकाशकै पानी हेरेर बस्छन् किसान

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७७, बुधबार १४:१५
  • २९६१

    सिमरा | निमार्ण सम्पन्न भएको वर्ष दिन बितिसक्दा पनि भूमिगत  सिँचाई ‘डिप टयुबेल’ सञ्चालनमा नआएपछि यस वर्ष पनि किसानहरु आकाशेपानीकै भर परेका छन्। डिप टयुबेलहरुमा विद्युत् जडानको काम हुन नसक्दा   सञ्चालनमा ढिलाइ भएको हो।  संघीय सरकारको लगानीमा जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत विभिन्न वडामा यी ट्युबेल निर्माण भएका हुन्।

    ७५ देखि ८० लाख (प्रतिटयुबेल) लगानीमा निर्माण सम्पन्न भएका टुयुबेलबाट ६० देखि ८० बिघामा सजिलै सिँचाइ गर्न सकिने आयोजनाले जनाएको छ।  गतवर्ष नै सञ्चालन गरेर खेती गर्ने अपेक्षा गरेका कृषक विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले मिटर जडानमा ढिलाइ गरेपछि निराश बनेका छन्। वडा नं ३ का निरञ्जनकुमार सुवेदी भन्छन्, ‘प्राधिकरणले विभिन्न बहानामा मिटर जडान गर्न आलटाल गरिरहेको छ, यसपालि पनि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता भयो।’

    ‘डिप टयुबेल सञ्चालनमा आए २ खेती धान र १ खेती गहुँ मजाले फलाउन सकिन्छ’, कृषक सुवेदीले भने, ‘सम्पूर्ण काम सम्पन्न भएको छ, त्यति मिटर जडानको कारण ढिलाइ भएको हो’, कृषि उत्पादनकै लागि निर्माण भएका टयुबेलहरु भूमिगत जलस्रोत कार्यालयको लगानीमा निर्माण भएका हुन्।  जितपुरसीमरा उपमहानगरको बझनी, रामवन, पिलुवा र पर्साको बिरुवागुठी गरी ५ स्थानमध्ये रामवन र बझनीमा गत वर्ष नै निर्माण सकिएका छन् भने अन्य स्थानमा यस वर्ष हुँदैछन्।

    बारा पर्सा औधोगिक करिडोरमा साना, ठुला, मझौला गरी  सञ्चालनमा रहेका झण्डै ८ सय उद्योगले फ्याँकेका प्रदूषित पानीका कारण करिडोर आसपासका खेतीयोग्य जमिनमा कृषि उत्पादन हुन छाडेका छन्। त्यमाथि सिँचाइ अभावमा खेती गर्न सकिने जमिन पनि बाँझै छन्।  ‘प्राविधिक पाटो जे भए पनि ,व्यवहारिक हिसाबले  प्राधिकरणले मिटर जडान गरिदिए खेती गर्न पाइन्थ्यो’, कृषक सुवेदीले भने। ४ सय मिटर गहिराइमा १० इन्च पाइप जडान  गरिएको  सो भूमिगत ट्युबले सञ्चालनमा आए समयमै खेती गर्न सकिने कृषकहरु बताउने गर्छन्।

    भूमिगत जलस्रोत कार्यालय वीरगन्जका प्रमुख अरविन्दकुमार मिश्र भन्छन्, ‘प्राधिकरणले बहानामा बनाएर  मिटर जडानमा आलटाल गरेको छ।’ उनले थपे, ‘यो नेपाल सरकारको लगानीमा सम्पन्न भएको योजना हो, यसमा प्राधिकरणको कुनै लगानी छैन, तैपनि उहाँहरुले किन मिटर जडानमा आलटाल गर्नुभएको छ, बुझ्न सकेका छैनौं।’ भूमिगत जलस्रोत कार्यालयले झापादेखि कञ्चनपुरसम्मका कृषकका लागि डिप ट्युबलेल कार्यक्रमअन्तर्गत बोरिङ कार्यक्रम सञ्चालन गरेको छ।

    ‘हामीले देशभर सञ्चालन गरेको यस्तो कार्यक्रममा विद्युत्त जडानमा कुनै ठाउँमा केही समस्या छैन, सिमरा वितरण केन्द्रले विभिन्न कारण देखाएर  किन अल्झाइरहेको छ बुझन् सकेनौं’, उनले भने।  स्थानीय उपभोक्ता समितिमार्फत यो काम सम्पन्न गरिने भए पनि भूमिगत जलस्रोत कार्यालयले ठेकदारमार्फत काम गराएको हो।

    ‘भूमिगत जलस्रोत कार्यालयले गरेका काम नीतिगत रुपमा गलत छ, उपभोक्तामार्फत गर्नुपर्ने सम्पूर्ण काम ठेकदारले गरेको छ,’ प्रमुख पौडेलले आरोप लगाए, ‘सो क्षेत्रमा प्रयोग भएका बिजुलीका पोल कसरी आयो त्यसका काजगपत्रसमेत अपुरो छ।’ आवश्यक काजगपत्र पु¥याएर आए मिटर जडानमा समस्या नहुने उनले बताए। तर कामको गुणस्तरीयता र अपूरो कागजपत्रका आधारमा प्रश्न उठे आफू फस्न सक्ने उनले बताए।  कृषकहरुले भने भूमिगत जलस्रोत कार्यालय र प्राधिकरण सिमरा वितरण केन्द्रबीचको कमिसन चक्करको मारमा आफूहरु परेको बताउँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑