वीरगंज । पर्साका १४ स्थानिय तहकाे २९ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।वीरगंज महानगरपालिकाकाे ५ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , ठाेरी गाउँपालिकाकाे ५ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , जगरनाथपुर गाउँपालिकाकाे ४ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , जिराभवानी गाउँपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , पर्सागढी नगरपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे ,
पटेर्वा सुगाैली गाउँपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , सखुवा प्रसाैनी गाउँपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे र कालिकामाई गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, बहुदरमाई नगरपालिका, पाेखरिया नगरपालिका, धाेबिनी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, छिपरहमाई गाउँपालिकाकाे एक-एक ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भएको छ ।
हाल पर्सामा संचालन रहेकाे क्वारेन्टाइनहरुकाे बेड क्षमता १२ सय ६५ रहेकाे जस मधे ३४ महिला र ४ सय ९८ पुरुष सहित ५ सय ३२ जना रहेका छन् । यी सबै भारतबाट आएका, कन्ट्रेक्ट ट्रेसिङ्ग गरिएका, स्वाब संकलन गरिएका र अन्य शंकास्पद व्यक्तिहरु हुन् ।यस्तै क्वारेन्टाइनमा १४ दिन बसे पछि काेराेना परिक्षण गर्दा रिपाेर्ट नगेटिभ आएका ४ सय २५ जना हाेम क्वारेन्टाइनमा रहेका छन् ।
काेराेना संक्रमितकाे उपचारकाे लागि पर्सामा आइशाेलेसन १२८ बेड क्षमताकाे रहेकाे छ । नारायणी अस्पतालमा ७०, गण्डक काेराेना बिशेष अस्पतालमा ५० र पाेखरिया नगरपालिकामा ८ बेडकाे आइशाेलेसन रहेकाे सहायक प्रजिअ बस्नेतले वताए । हालको तथ्यांक अनुसार जम्मा ३ हजार ८० जनाकाे स्वाब संकलन गरिएकाे छ । जस मध्ये २९ सय ५५ काे स्वाब परिक्षणकाे नतिजा आइसकेकाे छ ।नयाँ एक सय जनाकाे स्वाब संकलन भएकाे छ भने एक सय २५ जनाकाे स्वाब परिक्षणकाे नतिजा आउन बांकी रहेकाे छ ।यस्तै हाल सम्म आरडिटी टेस्ट २ हजार ४ सय ६६ जनाकाे गरिएकाे छ ।
वीरगन्जको अस्पतालबाट भर्ना भएका चैत २९ गते देखि जेठ ११ सम्म पर्सा, अन्य जिल्लाका र भारतीय गरेर १०२ जना संक्रमितलाई उपचारका लागि भर्ना भएका थिए। तीमध्ये मङगलबारसम्म ९३ डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। पछिल्लो ४ दिनमा मात्रै ९१ जना निको भइ अस्पतालबाट घर फर्किएका हुन्।
सोमबार मात्रै वीरगन्जको नारायणी अस्पालबाट ४३ जना डिस्चार्ज भएका थिए। गत आइतबार राति पनि वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनाको डिस्चार्ज गरिएको थियो।त्यसअघि गत शनिबार पनि ९ जना डिस्चार्ज भएका थिए। पहिलो पटक वैशाख १४ गते भने २ जना संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए। मङगलबार राति २१ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोलेनमा अब ९ जना मात्रै संक्रमित उपचाररत छन्।