• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७७, मंगलवार २०:५१
  • ३१७१

    काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर ( करिब एक लाख ३१ हजार रुपैयाँ) पुगेको छ । सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस्तो आकडामा पुगेको हो ।

    गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो । करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । यो वर्ष प्रतिव्यक्ति आय ७.५ प्रतिशतले बढेको छ ।

    यस वर्ष २.३ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिँदा प्रतिव्यक्ति आयमा समेत यसको प्रभाव देखिएको छ । नेपालले विगत तीन वर्षदेखि ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हात पारिरहेको थियो ।

    कोरोना भाइरसको संक्रमण र त्यसबाट बच्न लिइएको लकडाउन नीतिले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्र सीमित रहने भएको छ । फागुनपछि अर्थतन्त्रमा कोरोनाको प्रभाव देखिन थालेको थियो । जसले आर्थिक वृद्धिदरमा नराम्रो धक्का पुग्ने सरकारी तथ्यांकले देखाएको छ ।

    कुन क्षेत्रमा कति वृद्धिदर ?

    सरकारले यो वर्ष कृषि क्षेत्रको आर्थिक वृद्धि २.६ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धि २.३ प्रतिशत हुने बताएको छ । विभागले कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रका रुपमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रलाई मानेको छ । चालु आर्थिक वर्षमा यो क्षेत्रले जीडीपीमा २८.२० प्रतिशतको योगदान गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राथमिक क्षेत्रमा २.५४ प्रतिशतको मात्र वृद्धिदर रहने अनुमान गरिएको छ ।

    यो वर्ष धानको उत्पादनमा कमी आएको र महामारीको असर न्यूनिकरण गर्न अबलम्बन गरिएको प्रयासका कारण आपूर्तिमा आएको रोकवटले वृद्धिदर खुम्चिएको विभागको भनाइ छ ।

    द्वीतीय क्षेत्र अन्तर्गत निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी पर्छन् । यस क्षेत्रले जीडीपीमा १३.७२ प्रतिशतको योगदान गरेको छ । चालु आवमा यो क्षेत्रको वृद्धिदर समेत ३.३६ प्रतिशतमा सीमित रहने भएको छ ।

    यस वर्ष उर्जा क्षेत्रको बिस्तार सन्तोषजनक छ । तर, कोभिड १९का कारण आपूर्तिमा आएको अवरोध र उत्पादनमा भएको कमीले वृद्धिदरमा प्रभाव पारेको विभागको विश्लेषण विभागको छ ।

    सेवा क्षेत्रअन्तर्गत खुद्रा व्यापार, होटेल तथा रेष्टेरेन्ट, यातायात, संचार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन र रक्षासमेत पर्छ । साथै, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्ति सेवासमेत यसै क्षे यसमा समेटिन्छन् । यो क्षेत्रले जीडीपीमा ५८.०८ प्रतिशतको योगदान दिएको अनुमान छ ।

    यस वर्ष यस क्षेत्रको वृद्धिदर १.९९ प्रतिशत मात्र रहने अनुमान छ । यस क्षेत्रअन्तर्गत बढी आम्दानी हुने होटेल र हवाई यातायातमा कोभिड १९ को महामारीका कारण प्रत्यक्ष प्रभाव परेको हो ।

    चालु आर्थिक वर्षमा सबैभन्दा धेरै आम्दानी होटेल तथा रेष्टुरेन्ट क्षेत्रले गुमाउने भएको छ । गत आवको तुलनामा यो क्षेत्रको मूल्य अभिवृद्धि -१६.३० प्रतिशत रहने भएको छ । विश्वव्यापी तथा आन्तरिक पर्यटनमा लागेको प्रतिवन्धको असर यस क्षेत्रमा देखिएको हो ।

    जीडीपीमा योगदान गर्ने ३ क्षेत्रभित्रका औद्योगिक यातायात, सञ्चार र भण्डारणतर्फको मूल्य अभिवृद्धि भने ऋणात्मक रहने भएको छ । गत आवको तुलनामा यस क्षेत्रको वृद्धिदर -२.४५ प्रतिशत हुने प्रक्षेपण छ । विश्वव्यापी तथा आन्तरिक रुपमा यातायात प्रणालीमा लागेको अवरोधले यसको वृद्धिमा असर पुगेको हो ।

    यस वर्ष निर्माणतर्फको मूल्यअभिवृद्धि समेत ऋणात्मक रहने भएको छ । यस वर्ष निर्माणमा -०.३१ प्रतिशतको मूल्य अभिवृद्धि कायम हुने देखिएको छ ।

    निर्माण सामग्रीको आपूर्तिमा कमी र निर्माणाधीन आयोजनामा कोभिडले पारेको प्रभावले निर्माण क्षेत्र प्रभावित बन्न पुगेको हो ।

    उद्योगको मूल्य अभिवृद्धि यस वर्ष घट्ने भएको छ । आपूर्ति र उतपादनमा आएको कमीले उद्योगतर्फको मूल्य अभिवृद्धिलाई -२.२७ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरिएको छ । खानीतर्फ पनि यस वर्ष (०.६९ प्रतिशतको गिरावट आउने भएको छ ।

    कोभिड १९ को महामारीका बीच सरकारले स्वास्थ्य र सामाजिक कार्यमा बढाएको खर्चले चालु आवमा स्वास्थ्य र सामाजिक कार्यको सूचक भने सकारात्मक पाइएको छ ।  यस क्षेत्रमा चालु आवमा ७.०७ प्रतिशतको मूल्य अभिवृद्धि रहने छ ।

    स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु, स्वास्थ्य चेतना बढ्नु, निजी स्वास्थ्य संस्थाको आय बढ्नु तथा महामारी रोकथाममा सरकारले बढाएको लगानीका कारण पनि यो क्षेत्रको मूल्य अभिवृद्धि सकारात्मक देखिएको हो ।

    चालु आवमा विद्युत उत्पादनमा भएको वृद्धिले यो क्षेत्रलाई भने सकारात्मक प्रभाव पारेको छ । गत आवको तुलनामा यस वर्ष विद्युत, ग्यास र पानीमा मूल्य अभिवृद्धि २८.७५ प्रतिशतले बढ्ने भएको छ ।

    कृषि र मत्यपालन तर्फको मूल्य अभिवृद्धि सामान्य सुधार हुने देखिएको छ । यस वर्ष कृषितर्फ २.४८ प्रतिशत र मत्स्य पालनमा ७.१७ प्रतिशतको मूल्य अभिवृद्धि रहने भएको छ ।ONLINEKHABAR

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑